• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, May 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

लालपुर्जा दिन सकियो भने राहत महसुस गर्छन् : आयोग सदस्य देवकोटा

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
साउन ३०, २०७७
in Featured, Interview, Politics
0

Share via:

441 Shares
  • Facebook 441
  • Twitter
  • LinkedIn
  • More
केशव प्रसाद देवकोटा केन्द्रीय सदस्य भूमि सम्बन्धि समस्या समाधान आयोग

वि.सं.२०३६ सालमा विद्यार्थी संगठनबाट राजनीति शुभारम्भ गर्नु भएका केशव देवकोटा तत्कालिन नेकपा एमालेका एक प्रभावशाली नेता हुन् । अखिल पाँचौंको जिल्ला कमिटी सदस्य, पार्टी प्रजातान्त्रिक मञ्चको जिल्ला सदस्य, २०४६ सालको जनआन्दोलनको बाम मोर्चा सदस्य, २०४७ सालमा जिल्ला कमिटी सदस्य, २०५४ सालमा जिल्ला सचिव, आठांै महमधिबेशनबाट केन्द्रीय सदस्य, जनकपुर अञ्चल इन्चार्ज तथा २०६४ सालमा संविधान सभा सदस्यको उपविजेता, त्यसपछि सल्लाहकार रहनु भएका देवकोटा हाल दुई पार्टी एकतापछि जिम्मेवार विहिन हुनु भएको छ । हाल उहाँ बागमती प्रदेश सरकारबाट भूमि सम्बन्धि समस्या समाधान आयोगको सदस्यमा सिफारिस हुनु भएको छ । उहाँसँग सहकर्मी नविनबाबु अधिकारीले गरेको कुराकानी सारसंक्षेपमा प्रस्तुत गरिएको छ ।

भूमि सम्बन्धि समस्या समाधान आयोगको सदस्य हुनुभएको छ यसले के काम गर्छ ?
भर्खरै नेपाल सरकारले गठन गरेको भूमि सम्बन्धि समस्या समाधान आयोगको केन्द्रीय सदस्यको लागि बाग्मती प्रदेश सरकारले सिफरिस गर्ने एक मात्र सदस्यको रुपमा मलाई सिफारिस गरेको छ । भूमि सम्बन्धि समस्या समाधान आयोगको सुकुम्बासी समस्या समाधान आयोगको भन्दा पृथक र बृहत यसको काम र कर्तव्य रहेको छ । हिजो सुकुम्बासी समस्या समाधान आयोगले भूमिहिन, अव्यवस्थित रुपमा बसेका मानिसहरुलाई जसको हातमा लाल पूर्जा थिएन उनीहरुलाई मात्र लालपूर्जा दिने अधिकार थियो । तर यसको बृहत अधिकार रहेको छ । त्यो अधिकार भनेको भूमिका प्रकृतिहरु १० खालका रहेका छन् । ती भूमिहरुलाई व्यवस्थित बनाएर जनतालाई अधिकार सम्पन्न बनाउने काम यस भूमि सम्बन्धी समस्या समाधान आयोगले गर्दछ ।
भूमि सम्बन्धि समस्या के–के छन् ?
अहिलेको मूलभूत समस्या भनेको दुई वटा नै हो । लालपुर्जा विहिन जग्गा छ । लामो समयदेखि खनजोत गरेर बसि राखेका छन् तर उनीहरुको हातमा त्यो जग्गाको पूर्जा छैन, उनीहरुले अन्य नयाँ काम गर्नको निम्ति बैंकमा धितो राखेर काम गर्न पाइ रहेका छैनन् एउटा समस्या यो हो र अर्को समस्या बजार क्षेत्रमा ऐलानी पर्ती जग्गामा लामो समयदेखि घर बनाएर बसोबास गरेर व्यापार व्यवसाय गरेर बसेका छन् उनीहरूको त्यो जग्गाको लालपूर्जा छैन । यस्लाई अव्यवस्थित बसोबास भनिन्छ । त्यस्तै ग्रामीण क्षेत्रमा पनि ऐलानी पर्ती जग्गामा घर बनाएर बसेका छन् । यस्ताहरुलाई हामीले लालपुर्जा दिन सकियो भन्दै उनीहरुले राहत महसुस गर्छन् । अर्को समस्या सिन्धुली जिल्लाको हकमा भन्दा गुठी जग्गाहरू पर्याप्त मात्रामा छन् । ती गुठी जग्गाहरूका जग्गा धनी गूठी संस्थान छन । मोहि व्यक्तिहरु छन् । उनीहरुलाई पनि मोहीबाट कसरी मुक्त गर्न सकिन्छ यो पनि भूमि सम्बन्धि समस्या समाधान आयोगले हेर्नु पर्ने हुन्छ । हाम्रो अहिलेको कामको केन्द्रविन्दु भनेको लामो समयसम्म खनजोत गरेर जग्गामा बसोबास गरेका जनताहरुलाई यथाशिघ्र उनीहरुको हातमा लालपुर्जा वितरण गर्नु नै हो ।
हाल नेपालको राजनैतिक अवस्थालाई तपाईले कसरी लिनु भएको छ ?
नेपालको पछिल्लो राजनीतिक अवस्था जति बेला हिजो नेकपा एमालेको मात्रै नेतृत्वमा जसको नेतृत्व केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्नुभएको थियो त्यतिवेला भारतले नाकाबन्दी गरिरहेको थियो । भारतले नाकाबन्दी गरिरहदा खेरी एक्लै नेकपा एमाले राष्ट्रियताको सवालमा लडाई लडेको थियो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली दह्रोसँग भारतसँग लडाई लड्नु भयो । त्यसको प्रतिफल यो भएको निर्वाचनमा नेपाली जनताले केपी ओलीको राष्ट्रियता प्रतिको अडानलाई मत दिएर दुई तिहाई बहुमत नजिक पु¥याएका हुन । फलःस्वरूप नेपालका दुई वटा ठूला कम्युनिष्ट पार्टीहरु बीचमा एकीकरण गर्ने सहमतिका साथ संघीय निर्वाचन र प्रदेशको निर्वाचनमा कार्यगत एकता भएर संयुक्त रुपमा चुनाबमा गयो । जसको परिणाम हो हिजो केपी ओलीले लिएको राष्ट्रियताको सन्दर्भमा लिएको अडानको कारणले आम नेपाली जनताले स्थिर सरकारको लागि मुलुकको संवृद्धिको लागि भनेर केपी ओलीको नेतृत्वमा आगामी सरकार दुई तिहाईको बन्नुपर्छ भनेर भोट हालेको हो । तर आज के देखि रहेको छ भने स्थिर सरकारको लागि नेपाली जनताले भोट दिई सकेपछि हामी भित्रै अब पार्टी एकता गरिसकेपछि कता–कता पूर्व एमालेहरुले हामीलाई छाँयामा पार्ने हुन की भन्ने भयबाट कमरेड प्रचण्डले मंसिर ४ गते एउटा सहमति गर्नु भयो । त्यो सहमति भनेको दुईवटा अध्यक्षको सहमति भइसकेपछि मात्रै हरेक निर्णयहरू कार्यान्वयनमा जाने । सहमति विना कुनै पनि निर्णय नगर्ने भन्ने एउटा विधान जस्तै गरी दुईवटा अध्यक्ष बसेर सहमति गर्नुभयो । अहिले आएर एक समयसम्म केपि ओली र अध्यक्ष कमरेड प्रचण्ड दुईजना मिलेर पार्टीलाई अगाडि बढाउनुभयो । र मलाई त व्यक्तिगत रूपमा के लाग्छ भने प्रचण्डलाई लागेको थियो होला अब केपी ओली धेरै समय रहनु हुन्न अनि त्यो पार्टीको सम्पूर्ण बाघडोर र राज्य सत्ताको पनि बाघडोर आफ्नो हातमा आउँछ भनेर हुन सक्छ केपि ओलीलाई सरकारको नेतृत्व गर्न दिने र आफूले कार्यकारी अध्यक्ष भएर बस्ने भनेर सम्झौता गरियो । तर आज आइसकेपछि आफुले सोचे अनुसार त भएन । अनि के गरियो त भन्दा विभिन्न बहाना बनाएर विभिन्न परिवेशहरु सिर्जना गरेर ओलीलाई अल्पमत बनाउने र हाम्रो पार्टीको अन्तरिम विधानमा व्यवस्था भए अनुसार बहुमतको निर्णय अल्पमतले मान्नुपर्छ भन्ने हिसाबले अल्पमतमा पारेर पार्टी अध्यक्ष केपी ओलीलाई सरकारबाट पनि हटाउने अर्थात् प्रधानमन्त्रीबाट पनि हटाउने र पार्टी अध्यक्षबाट पनि हटाउने खालका खेलहरु खेल्न थाले । मुलतः यो खेल कहाँबाट सुरु भयो भन्दा अहिलेको वर्तमान सरकारले महाकालीको लिपुलेक, लिम्पियाधुरा, कालापानीको खण्डलाई नेपालको नक्सा भित्र कायम राखेर एउटा नक्सा जारी गर्यो त्यसको लगत्तै अर्को नागरिकता सम्बन्धि विधेयक नेपालको नागरिकले कुनै पनि विदेशी नागरिकसंग विवाह गरि ल्याएको अवस्थामा सात वर्ष पछाडि मात्रै उसले आफ्नो अंगिकृत नागरिकता प्राप्त गर्नको निम्ति निवेदन दिनु पर्नेछ भन्ने एउटा विधेयक संसदमा छलफलको निम्ति आई रहेको सन्दर्भमा ओलीलाई अपदस्त गर्ने योजनाहरु रचियो । यो दुर्भाग्यपूर्ण हो । किनभने एकातिर भारतले नेपालका सीमाहरु मिच्दै गई राखेको र अर्को तर्फ त्यसको विरुद्धमा दह्रो रुपमा केपी ओलीको सरकार लागि राखेको, लडाई लडि राखेको र विदेशी नागरिकलाई अंगीकृत नागरिकता सात वर्ष नपुगी दिनु हुँदैन भनेर संसदमा प्रस्ताव आइरहदा अनायास ढंगले केपि ओलीलाई सरकारबाट पनि हटाउने र पार्टीको अध्यक्षबाट पनि हटाउने खालको खेल खेलियो । यसले के देखाउँछ भने देखि यो स्याल कराउनु र बाख्रो हराउनु सँगै भएको छ । योजनाबद्ध ढंगले केपी ओलीलाई हटाउने भारतको इशारामा हामी भित्रैका नेतृत्व तहमा रहनु भएको नेताबाटै परिचालित भएको हो की भन्ने आशंङ्का लाग्दछ ।
उसो भए यो सवै पार्टी भित्रको गुटबन्दीको खेल नै हो ?
अव पार्टी भित्र गुट छदै छैन भनेर त भन्न सकिदैन । पार्टी भित्र स्पष्ट गुटबन्दी छ । एउटा गुट प्रचण्डले गर्ने र अर्को सरकार पक्षले गरेको देखिन्छ । यो गुट उपगुट भन्ने भन्दा पनि निहित स्वार्थसिद्ध गर्नको निम्ति कसैको गोटी बनि रहेका छन् भन्ने देखिन्छ । अहिले सरकारले गरेका कामहरु कहाँ नराम्रो देखिन्छ ? भर्खरै स्थायी समितिको बैठक बसेर सरकारको कामको समिक्षा गरेको छ । सरकारले अत्यन्त राम्रा कामहरु गरेको छ यसको प्रचार जनस्तरसम्म लैजानुपर्छ भनेर केन्द्रीय कमिटीको बैठकले सर्व सम्मत निर्णय गरेको छ । केहि समय पार्टीको केन्द्रीय कमिटीले सरकारले गरेका कामहरु राम्रा छन अरु बाँकी कामहरु यो यो किसिमले सुधारेर जानुपर्छ भनेर सुझाव दिने अनि लगतै केहि समय पछाडि यो सरकारले केहि पनि काम गरेन भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपदस्त गर्न खोज्नु भनेको अब केपी शर्मा ओली रहिरहे आफू सत्तामा पुग्न सकिँदैन त्यो पार्टी सत्ता होस या राज्य सत्ता होस कुनै पनि सत्तामा हामी पुग्न सक्दैनौं भन्ने डरले यो सवै काम सुरु भएको हो भन्ने मलाई लाग्दछ । आम नेपाली जनताले यो सरकार ५ बर्षको लागि भनेर निर्वाचित गरेका हुन् । सरकारले राम्रो काम गर्दा गर्दै बीचमा त्यो सरकारलाई अपदस्त गर्न खोज्नु त्यो पनि आफ्नै पार्टीका शिर्ष नेतृत्वबाट प्रधानमन्त्रीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ, पार्टी अध्यक्षबाट राजिनामा दिनुपर्छ भनेर भन्नुको अर्थ के ?
सिन्धुलीमा तपाईले पनि ओली गुटको नेतृत्व गर्नु भयो भन्ने आरोप पनि छ नि ?
मैले गुटको नेतृत्व गर्नु भन्दा विधि र विचारको नेतृत्व गरेको हो । म स्वर्गीय नेता कमरेड मदन भण्डारीले अगाडि सार्नु भएको विचार जनताको बहुदलीय जनवाद यो विचारले नै मुलुकलाई समाजवादमा पु¥याउँछ भन्ने कुरामा म विश्वस्त छु । यो विचारकै आधारबाट पार्टी आज दुई तिहाईसम्म पुगेको छ । यदि यो विचारका आधारमा हामी अगाडि बढेका थिएनौं भने अहिले कम्युनिष्ट पार्टीको दुई तिहाइको सरकार बन्दैन थियो । यस कारणले जनताको बहुदलिय जनवादको विचारलाई नै स्थापित गरेर अगाडि बढ्नुपर्छ । त्यो भन्दा बाहेक अर्को विकल्प छैन । अहिले अन्तरिम विधान दस्तावेजमा जनताको जनबाद भनेर जुन लेखिएको छ । त्यसको भित्रि सार पनि जनताको बहुदलिय जनवाद नै हो । मैले के भन्ने गरेको छु भने यो जनताको जनवाद भनेको कुकुरको टाउको राखेर खसीको मासु बेच्ने कुरा नगरौं । किन भने भित्र जम्मै जनताको बहुदलीय जनवादको कुराहरु छन् दस्तावेजमा बाहिर जनताको जनवाद भन्नुको के अर्थ रहन्छ ? त्यसैले हामीले लिएको सिदान्त जे हो त्यसले अगाडि सारेर जानु पर्दछ । त्यो विचार अगाडि सारेर जाँदा कसैले मलाई केपी ओलीको गुटको मान्छे भनेर विल्ला लगाउँछ भने त्यो विल्लासँग मेरो कुनै असहमती छैन ।
जिल्लामा स्थानीय तह र पार्टी बीचको समन्वय छ कि छैन ?
सिन्धुली जिल्लाको हकमा कुरा गर्दा मैले पार्टी कमिटी नेतृत्व र स्थानीय तहको हकमा मैले समन्वय भएको देख्दिन ।
जिल्लामा पार्टी र स्थानीय सरकारबीच समन्वय किन हुन सकेन ?
स्थानीय तहका जनप्रतिनिधिहरुलाई स्वेच्छाचारी ढंगले चल्न दिइ राखेको अवस्था छ । जिल्लाका नेताको चाहना भएको ठाउँमा आफ्ना मान्छेहरूलाई सहयोग गर्ने, योजना बनाएर दिने कामहरु भएका छन् । आफूसँग असहमत भएका मान्छेहरुमा वेवास्ता गर्ने, कुनै किसिमबाट घेराबन्दी गर्ने अप्ठ्यारोमा पार्ने आफ्नो अप्ठ्यारोमा पारि सकेपछि आफ्नो नियन्त्रणमा राख्ने यो खालको योजना बनाएर अगाडि बढेको देखिन्छ । अप्ठ्यारो सिर्जना गर्ने र त्यो समस्यालाई समाधान गर्न म संग आओस, झुकोस अनि मैले त मेलमिलाप गराइदिन्छु भन्ने वातावरण सिर्जना गर्ने आफै झाँक्री आफै बोक्सी बन्ने काम अहिले जिल्ला नेतृत्वले गर्दै हिड्नु भएको छ । पार्टी नेतृत्व संगठन मजबुद बनाउने भन्दा पनि अपराध मानसिकताबाट ग्रसित देखिन्छ यसले पार्टीको हित गर्दैन । समग्रमा म के भन्न चाहान्छु भने जनप्रतिनिधि पनि स्थापित हुनु प¥र्यो र पार्टी पनि स्थापित हुनु प¥यो । जिल्लाभरी एउटा विकासको योजना बनाएर जिल्लाको विकास कसरी गर्न सकिन्छ भनेर योजना दिनु पर्नेमा त्यसो हुन सकेको छैन । यहाँ त डाँडा–डाँडामा भ्यू टावर, नदीमा स्वीमिङ पुल हाम्रा नेताले दिएको विकासको मोडेल यस्तो छ । विकासको नाममा डोजर विकासको अवधारणा दिएको छ । चेतना भर्ने काम गर्न सक्नु भएको छैन ।
स्थानीय सरकारमा नेकपाबाट निर्वाचित भएका सरकार प्रमुखहरुले राम्रो काम गरेनन् भनेर प्रचार बाजी गरिदैछ नी ?
स्थानीय सरकार, जनप्रतिनिधिहरुले थुपै्र कामहरु राम्रा गर्नु भएको छ । राम्रा काम गर्नेलाई पुरस्कृत गर्ने, नराम्रा काम गर्नेलाई सुझाव सहित दण्डित गर्ने काम पार्टी नेतृत्वको हो । त्यो यहाँ छदै छैन । कामको तौल तरिका सिकाउने काम पार्टी नेतृत्वबाट हुन सकेन । जनप्रतिनिधिलाई निर्वाचित भै सके पछि विकास कसरि गर्ने भन्ने विषयमा प्रशिक्षण दिन पथ्र्यो त्यसो पनि हुन सकेन । गाउँ स्तरका तल्ला कमिटि र गाउँपालिका संगको सम्बन्ध जुन ह्नु पर्ने हो हुन सकेको छैन । नेतृत्वले सहि बाटोमा हिड्न सिकाउने, आफु हिड्ने हो भने स्थानीय सरकारले गरेका कामहरु जनस्तरमा आफै प्रचार हुन्छन् । जनप्रतिनिधिले गरेका राम्रा कामको प्रचार गर्ने र उनीहरुले कहिं कतै नराम्रा काम गरेको भए उनीहरुलाई सल्लाह दिएर सुधार गर्न लगाउने काम पार्टी नेतृत्वले गर्नु पर्ने हो त्यसो हुन सकेको देखिदैन । पार्टी नेतृत्वको चाहाना नै नभएपछि जनप्रतिनिधिले गरेका राम्रा कामको प्रचार प्रसार कसरी हुन सक्दछ ?
संघिय सरकार र प्रदेश सरकारले गरेका कामलाई कसरी मुल्याङ्कन गर्नुहुन्छ ?
केन्द्र सरकारले गर्ने ठूला आयोजनाहरु हेर्ने सरकारले गर्ने काम मलाई लाग्छ । अहिलेको अवस्थामा केहि यस्ता कामहरु भन्दा बाहेक अरु थुप्रै कामहरु राम्रो गरेको छ । हाम्रै जिल्लामा हेर्दा खेरि पनि कमला र मरिण खोलामा पुलहरु निर्माण गरेको छ । त्यो सबै काम संघीय सरकारले गरेको सरकारले पनि आफ्ना योजनाहरू कामहरु बनाउने बाटो बनाउने आदि कामहरु गरेको छ । काम नै नगरेको होइन तर जुन किसिमले प्रदेश, संघ र स्थानीय तहबीचको समन्वय हुन पर्ने हो त्यसो चाहि कम नै भएको हो । माधव नेपालले स्थानीय तह चुर्लुम्म भ्रष्टाचारमा डुव्यो भन्नुभयो । सवै त्यसो हैन के राम्रा काम गर्ने पनि भ्रष्टचारी हुन त ? सवैलाई एउटै डालोमा हालिएको छ । अझ गृहमन्त्रीले स्थानीय तहमा भ्रष्टाचारीलाई कारबाही गर्ने हो भने पुरै स्थानीय तह नै खाली हुन्छ भन्नुभयो । आफ्ना कार्यकर्ता प्रति नेताहरुलाई नै भरोसा छैन । नेताहरुले काम गर्नको निम्ति तल जनप्रतिनिधिहरु उपयुक्त खालका जनप्रतिनिधिहरु हामीले चयन गरेनांै । जस्लाई काम गर्ने तौर तरिका नै थाहा छैन, योजना बनाउने क्षमता नै छैन । समाजबादको स पनि थाहा नभएकाहरुलाई चुनावमा उठाउँछौं । अनि कसरी समाजबाद प्राप्त हुन सक्दछ । समाजबाद प्राप्त गर्न त त्यसको जग बनाउनु प¥यो, जग भनेको अधिकार सम्पन्न स्थानीय तह हो, स्थानीय तहले राम्रो काम गर्दै गयो भने जनताले त्यसको अनुभूती गर्ने छन् । विकासको अनुभूती समाजवादको अनुभूति गर्नका निम्ति त आर्थिक वृद्धि कसरी हुन्छ योजना लिएर गयो भने कस्तो कार्यक्रम लिएर गयो भने देखि आर्थिक रुपमा जनतालाई समृद्ध बनाउन सकिन्छ । विकासको मोडल त्यस्तो खालको तयार गरेर अगाडि बढ्न सक्यो भने समाजवादको लक्ष्यमा पुग्नसक्छ । केन्द्रीय सरकारले समाजवादी कार्यक्रम ल्याएन भनेर हामी आलोचना गर्छौं । व्यवस्थामा गणतन्त्र आयो तर साेंच पहिला कै रहेको छ । अधिकार स्थानीय तहमा छ संघिय सरकारले कार्यक्रम ल्याएन भन्नु वेकार छ । अरुसंग ऋण लिएर विकास निर्माण गर्नु परेको छ । यस्तो आर्थिक अवस्था हामीले अरुसँग ऋण लिएर जनताको विकास गर्नुपर्ने छ । रेमिट्यान्सले चलेको मुलुक अहिलेको रेमिट्यान्स शुन्य जस्तै छ । सरकारले गरेका काममा असन्तुष्टि जनाउने पर्ने वेला आएको छैन । सरकारले समग्र रुपमा सन्तोषजनक रुपमा नै काम गरि रहेको छ ।
तत्कालिन नेकपा एमालेमा रहदा जनकपुर अञ्चल इन्चार्ज हुनुभयो यि लगाएत अन्य पार्टीको जिम्मेवारी कुशलता पुर्वक निर्वाह गर्ने नेताको रुपममा चिनिएको कोशव देवकोटा दुई पार्टीको एकता जिम्मेवार विहिन हुनुहुन्छ । तपाईलाई पछि पारियो या तपाई आफै पछि पर्नुभयो ?
पार्टी एकता पछि म ओझेलमा परेको जस्तो देखियो । एउटै दापमा दुई वटा तरबार अट्दैन वास्तवमा यहि नै भएको हो । पार्टी एकतासंगै एउटा न एउटा षडयन्त्र भई हाल्छ । शक्ति एउटा मात्र रहन्छ । त्यस्तै कारणले हुनु पर्दछ भन्ने मलाई लाग्दछ । म उपस्थित भएकै कारण पार्टी नेतृत्वले भूमि सम्बन्धि समस्या समाधान आयोगको केन्द्रीय सदस्यको जिम्मेवारी दिएको हो । जुन शक्तिहरुले केशव देवकोटालाई छाँयामा परोस भन्ने सोचेर विभिन्न गतिविधिमा लागि राख्नु भएको छ त्यो सुर्यलाई हत्केलाले छेकेर रात परो भन्नु सरह हो । केशव देवकोटा स्वयम आफैले आफु राजनीतिक जीवनबाट बाहिरिनु पर्दछ भन्ने विचार आयो भने मात्र मलाई पछि पार्न सक्लान । तर मलाई असहयोग गर्ने विभिन्न षड्यन्त्र भै रहेका छन् । कतिपय बेला यस्तो पनि आउँदो रहेछ पछाडिबाट आफ्ना साथीहरूले सल्लाह दिने, उत्साह दिने, गाली गर्ने गरिएन भने नैराश्यता आउँदो रहेछ । हिजोको इतिहास जुन माओवादीको द्वन्द्वको बेलामा सिन्धुली जिल्लालाई कुनै पनि दुर्घटनाबाट बचाएर आजको स्थितिमा नेकपा एमालेको आजको स्थितिमा ल्याउने जिम्मेवारी जुन मैले कुशलता पूर्वक बहन गरें मलाई लाग्दछ पार्टीको नेतृत्वलाई अहिले पनि स्मरण छ । त्यो भएर नै मलाई यो जिम्मेवारी दिएको हो भन्ने मेरो बुझाई हो । मलाई लाग्छ मैले फेरि पनि मेरो जुन खालको हिजोको मेरो सक्रियता, क्रियाशिलता थियो साथीहरु सवैको साथ सहयोगले त्यसलाई पुनःजीवन दिलाएर अगाडि जानु पर्दछ । मलाई के लाग्दछ भने हिजो मलाई जस्ले मेरो राजनीतिक जीवनमा साथ र सहयोग दिनु भएको थियो मलाई अवका दिनमा पनि साथ र सहयोग दिनु हुने छ भन्ने आशा गरेको छु ।
अन्त्यमा तपाईलाई केहि भन्नु छ की ?
अहिले पार्टी भित्र देखिएको संकटको अवस्था रहेको छ । यो व्यक्ति टकरावको संकट हो । नेताहरुले सिमित दायरा भित्र समस्या निकोलेकोमा त्यहि दायरामा समस्या समाधान गर्नु पर्दछ । पार्टी एक भएर जानु पर्दछ त्यसको विकल्प छैन । म यस सञ्चारमाध्यबाट के भन्न चाहान्छु भने सबै कुराको फैसला भनेको महाधिवेशनले गर्ने हो । सचिवालयको बैठकले, स्थायी समितिको बैठकले केन्द्रीय कमिटीको बैठकले यी कुनै तहका बैठकले गर्दैनन् । सिद्धान्तको निरुपण र नेतृत्व चयन गर्ने काम महाधिवेशनले गर्दछ । चाँडो भन्दा चाँडो महाधिवेशन गरेर यी सवै समस्याको हल गरिनु पर्दछ । मेरो विचारलाई जुन मेरो शुभचिन्तक मलाई माया गर्ने जनता कार्यकर्ता माझ पु¥याउने अवसर दिनुभयो तपाई र तपाईको सञ्चारमाध्यमलाई पनि धन्यवाद दिन चाहान्छ । धन्यवाद !

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

दुधौलीले ग¥यो नाका बन्द सहित लकडाउन

Next Post

पच्चिस वेडको आइसोलेसन सञ्चालनमा ल्याईयो

सम्बन्धित खबरहरु

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन
Business

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु
Featured

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

ढुंगाले लागेर एक जना गम्भिर घाईते
Featured

ढुंगाले लागेर एक जना गम्भिर घाईते

बसपार्क र धुरा बजार अनुगमन, छ व्यवसायीलाई जरिवाना
Business

बसपार्क र धुरा बजार अनुगमन, छ व्यवसायीलाई जरिवाना

फिक्कलका सामुदायिक विद्यालयको सर्वोत्कृष्ट एसइइ नतिजा
Education

फिक्कलका सामुदायिक विद्यालयको सर्वोत्कृष्ट एसइइ नतिजा

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

गाँजा सहित एक जना पक्राउ

खुर्कोट हिरासतमा थुनुवा मृत्यु घटना : इन्स्पेक्टर र जवानलाई विभागीय कारबाहीको सिफारिस
Featured

खुर्कोट हिरासतमा थुनुवा मृत्यु घटना : इन्स्पेक्टर र जवानलाई विभागीय कारबाहीको सिफारिस

जंगली च्याउ खाँदा ६ जना विरामी
Featured

जंगली च्याउ खाँदा ६ जना विरामी

सिन्धुलीको एसइइको नतिजा : आठ विद्यालयका बिस जनाले ल्याए ४ जिपिए
Education

सिन्धुलीको एसइइको नतिजा : आठ विद्यालयका बिस जनाले ल्याए ४ जिपिए

भर्खरै प्राप्त समाचारहरु

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

ढुंगाले लागेर एक जना गम्भिर घाईते

बसपार्क र धुरा बजार अनुगमन, छ व्यवसायीलाई जरिवाना

फिक्कलका सामुदायिक विद्यालयको सर्वोत्कृष्ट एसइइ नतिजा

गाँजा सहित एक जना पक्राउ

खुर्कोट हिरासतमा थुनुवा मृत्यु घटना : इन्स्पेक्टर र जवानलाई विभागीय कारबाहीको सिफारिस

जंगली च्याउ खाँदा ६ जना विरामी

सिन्धुलीको एसइइको नतिजा : आठ विद्यालयका बिस जनाले ल्याए ४ जिपिए

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन
Business

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु
Featured

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

ढुंगाले लागेर एक जना गम्भिर घाईते
Featured

ढुंगाले लागेर एक जना गम्भिर घाईते

बसपार्क र धुरा बजार अनुगमन, छ व्यवसायीलाई जरिवाना
Business

बसपार्क र धुरा बजार अनुगमन, छ व्यवसायीलाई जरिवाना

फिक्कलका सामुदायिक विद्यालयको सर्वोत्कृष्ट एसइइ नतिजा
Education

फिक्कलका सामुदायिक विद्यालयको सर्वोत्कृष्ट एसइइ नतिजा

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied