सिन्धुली । बुधबार कमलामाई नगरपालिका र जनवादी गण्तन्त्र चिनको सिचुवान प्रान्त अन्तरगतको मेसान सिटी बीच मैत्री सम्बन्ध कायम गरिएको छ ।
कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्री र मेसान शहरका मेयर हु युआन खुनबीच मैत्री सम्बन्ध स्थापनाको सम्झौता भएको छ ।

कमलामाई नगरपालिका र मेसान शहर विचको मैत्री सम्बन्ध स्थापना पछि दुवै शहरहरुले आ आफ्नो इतिहास, संस्कृति, प्रविधि र सामाजिक क्षेत्रका विविध सूचकहरुमा जानकारी आदान प्रदान गरेका छन । दुवै मेयरले भिडियो कन्फ्रेन्स मार्फत जानकारी आदान प्रदान गरेका थिए ।
कार्यक्रममा मेसान शहरका मेअर एवं चिनिया कम्यनिष्ट पार्टी मेसान कमिटीका उप सचिव खुनले मेसान शहरका १२ वटा अन्तर्राष्ट्रिय मित्र सर्कलमा कमलामाई नगरपालिका पनि समावेश भएकोमा खुशी ब्यक्त गरे । उनले मेसान र कमलामाई नगरपालिका विचको भौगोलिक दुरी हजारौं किलोमिटर भए दुई शहर बीचको सहयोग र सद्भावको सम्बन्ध लामो समयसम्म चलिरहने बताए ।
कार्यक्रममा कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले सम्बन्ध, सहकार्य र सिकाईको माध्यमबाट प्रविधि र जनजीवनलाई उन्नत र परिस्कृत वनाउँदै लैजानु आजको मैत्री र सहयोग समझदारी निकै ठूलो भूमिका निर्वाह गर्ने बताए ।
नगरपालिकाको विकास र समृद्धिलाई छिमेकी राष्ट्रका शहरबाट पनि केहि सिक्ने र सिकाउने हेतुले कमलामाई र मेसान शहर बीच मैत्री सम्बन्ध जोडिएको मेयर खत्रीले बताएका छन ।




















