सिन्धुली । गोलञ्जोर गाउँपालिकाले एक वर्षमा अठ्ठाईस लाख एक्काईस हजार गाडी भाडामा खर्च गरेको छ । गाउँपालिकाका अध्यक्ष पुष्पबहादुर कार्की चढ्ने स्कारपियोको भाडा मासिक १ लाख ४४ हजार देखिएको छ । गाउँपालिकाले एक वर्षमा १७ लाख २८ हजार खर्च भाडा बापत लिएको देखिएको छ । कार्कीले उक्त गाडी अध्यक्षमा निर्वाचित भए देखि नै भाडा लिएका छन ।

महालेखा परिक्षकको सन्ताउन्नौं प्रतिवेदनले उक्त गाडी भाडामा लिनु अर्थ मन्त्रालयद्वारा जारी सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम सम्बन्धि नीतिगत मार्गदर्शन २०७५ को बुँदा नं. १० विपरित रहेको जनाएको छ ।
उक्त लेखा परिक्षण प्रतिवेदनले सवारी साधन खरिद गर्न पुग्ने रकम भाडामा एक वर्षमा खर्च गरेको जनाउँदै सम्बन्धित पदाधिकारीलाई जिम्मेवार बनाउनुपर्ने उल्लेख गरेको छ ।




















