सिन्धुली । सिन्धुली अस्पतालमा उपचाररत कनपा ६ दुई नम्बर बजारका ६६ वर्षीय पुरुषमा कोरोना भाईरस संक्रमण भएको पुष्टि भएको सिन्धुली अस्पतालले जनाएको छ ।
भारतबाट आएका उनको सिन्धुली अस्पतालमा आरडिटी परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि अस्पतालले स्वाव संकलन गरि परिक्षणका लागि पठाएको थियो ।
आरडिटी परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि उनलाई सिन्धुली अस्पतालको आईसोलेसनमा राखिएको थियो । उनी चारदिनदेखि सिन्धुली अस्पतालको आइसोलेसनमा उपचाररत थिए । उनको स्वास्थ्य अवस्था समान्य रहेको सिन्धुली अस्पतालका कोभिड १९ फोकल पर्सन डा. प्रसन्नजंग राजभण्डारीले बताए । उनीसँगै सिन्धुली अस्पतालमा ४ जनाको उपचार भईरहेको छ ।
हालसम्म सिन्धुलीबाट पठाईएका नमुना परिक्षण गर्दा १२ जनाको रिपोर्ट पोजेटिभ आएको र ८ जनाले कोरोना जितेर घर फर्किसकेको उनले बताए ।




















