सिन्धुली । कमलामाई नगरपालिका सिन्धुलीले सपिङ मल, पार्किङ सहित अत्याधुनिक सभाहलको निर्माण गर्ने भएको छ । नगरपालिकाको वडा नं. ६ मा रहेको जिल्ला समन्वय समितिको पुरानो सभाहल भएको स्थानमा उक्त सुविधा सम्पन्न हल निर्माण गरिने भएको हो ।
चारतले उक्त भवनमा जमिनमुनीको तलामा सवारी पार्किङ, पहिलो र दोस्रो तालमा सपिङ मल र तेस्रो तलामा कम्तिमा ५ सय जना अटाउने सुविधा सम्पन्न सभाहल निर्माण हुने भएको हो । नगरविकास कोषको १६ करोड ४७ लाख ८४ हजार रुपैया लागतमा नगरपालिकाले उक्त भवन निर्माण गर्ने भएको हो ।
जसका लागि आइतबार संघिय सांसदद्वय हरिवोल गजुरेल र गणेश पहाडीको उपस्थितिमा कमलामाई नगरपालिकाका मेयर खड्ग खत्री र नगर विकास कोषका निमित्त कार्यकारी निर्देशक राजेश कुमार भोछिभोयबीच ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।
उक्त भवन निर्माणको काम २ वर्षभित्र सक्ने योजना सहित सम्झौतमा हस्ताक्षर भएको कमलामाई नगरपालिकाले जनाएको छ ।





















