सिन्धुली । निजामती प्रशासनको मूल कानून संघिय निजामती सेवा ऐनको बिधेयक असार १५ गते राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेपछि देशभरका कर्मचारी आन्दोलित भएका छन ।

आधिकारिक ट्रेड युनियन सिन्धुलीका उपाध्यक्ष गोविन्द कोइरालाको संयोजकत्वमा ५१ सदस्यीय जिल्ला स्तरीय संघर्ष समिति निर्माण गरि आन्दोलन सुरु गरेका हुन । श्रेणी विहिन, राजपत्र अनंकित, राजपत्रांकित, प्रदेश तथा स्थानीय तहका कर्मचारीहरुको आन्दोलनलाई समर्थन गर्दै ती सबै कर्मचारीलाई समेटेर आन्दोलन परिचालन समिति बनाईएको आधिकारिक ट्रेड युनियन सिन्धुलीले प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ । जसको नेतृत्व ट्रेड युनियनले गरेको जनाईएको छ ।
युनियनले नासु बचाउ अभियान लगाएतका कर्मचारी आन्दोलनको समेत आन्दोलनलाई समर्थन गर्दै एक भई कर्मचारीको पेशागत, सेवा सर्त र सुविधा लगाएतका हकाधिकार स्थापित गर्न जुनसुकै स्तरको आन्दोलन गर्न तयार रहेको जनाएको छ ।
यसैबीच जिल्ला स्तरीय उक्त समितिले विहिबार (आज) ११ बजे प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाउने तयारी गरेको संयोजक कोइरालाले बताए ।
केन्द्रको निर्देशन अनुसार कै कार्यक्रम अघि बढाईने कर्मचारीका नेता पुरूषोतम दाहालले बताए । काठमान्डौ लगाएत केहि ठाउँमा नासु बचाउ अभियानले समेत आन्दोलनको नेतृत्व गरेको भए पनि सिन्धुलीमा ट्रेड युनियन मार्फत आन्दोलनमा जाने दाहालले बताए ।




















