सिन्धुली । कमलामाई नगरपालिकाले विकासका कामलाई गति दिदै आएको छ । लकडाउन र कोरोना संक्रमणको अवस्थालाई वेवास्ता गरि चालु आर्थिक वर्षका योजना कार्यान्वयनमा तिव्रता दिईरहेको नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि वडा स्तरको योजना छनौटका लागि भेलाको आयोजना गर्न थालेको हो ।

नगरपालिकाले वडा नं. १, २, ३, १३ र १४ मा योजना छनौटको काम समेत गरिसकेको छ ।
आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि वडा भेला गरिएको नगरपालिकाले जनाएको छ । जेठ २३ गतेसम्म सबै वडामा योजना छनौट सकिने पनि नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
कोरोना भाईरस नियन्त्रणका बाबजुद योजना छनौट, चालु वर्षका योजना कार्यान्वयन र फरफारक लगाएतका कामसँगै लगिएको कमलामाई नगरपालिका सिन्धुलीका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले जनाएका छन ।



















