सिन्धुली । मंगलबार दिउँसो आएको हावाहुरीले गोलञ्जोर गाउँपालिका वडा नं. ३ ग्वालटारमा रहेको क्वारेन्टाईनको छानो उडाएको छ ।
छानो उडाएपछि क्वारेन्टाईनमा बसेका ६ जनाको विचल्ली भएको छ ।

क्वारेन्टाईनको छानो उडेपछि त्यहाँ राखिएका ६ जनालाई स्थानीयबासी, गाउँपालिकाका कर्मचारी, प्रहरी लगाएतको सक्रियतामा खुर्कोटमा रहेको क्वारेन्टाईनमा उनीहरुलाई सारिएको छ ।
उक्त क्वारेन्टाईनमा भारतबाट आएका पालिका भित्रका ६ जनालाई राखिएको थियो । भुकम्पपछि बनेको १६ कोठे आपतकालिन भवनमा गाउँपालिकाले क्वारेन्टाईन राख्नुका साथै पािलकाको कृषि र पशु शाखाको कार्यालय राखेको थियो ।
हावाहुरीले छानो उडाएपछि कृषि शाखा र पशु शाखाका कार्यालयीय सामानहरु नजिकै रहेको प्रहरी चौकीमा सारिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले बताए ।



















