सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ७ वर्देउटारमा एक पुरुष मृत अवस्थामा भेटिएका छन । कमलामाई नगरपालिका वडा नं. २ घर भई वर्देउटारमा कोठा लिएर बस्ने कृष्ण वि.क कोठा नजिकै मृत अवस्थामा फेला परेका हुन ।
कोठाबाट काम गर्न जान्छु भनि हिडेका उनको शव कोठाबाट करिब एक किलोमिटर पर सन्तोष परिवारको घर पछाडि चिरण काठमाथि उनको शव भेटिएको परिवारिक श्रोतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी श्याम बहादुर खत्रीका अनुसार उक्त घटनाको अनुसन्धान भईरहको छ तर मृत्युको कारण भने खुल्न सकेको छैन ।




















