• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, July 30, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

कोरोना कहर : गुम्दै मानवीयता

बिमला पाण्डे by बिमला पाण्डे
जेष्ठ १३, २०७७
in Featured, Opinion
0

Share via:

221 Shares
  • Facebook 221
  • Twitter
  • LinkedIn
  • More
बिमला पाण्डे

केहि दिन अघि सिन्धुलीमा अग्रपंक्तिमा काम गर्ने नेतृत्व, प्रशासनका प्रमुख तथा प्रतिनिधिहरु, सुरक्षाकर्मीहरु, स्वास्थ्यकर्मीहरु, पत्रकार लगाएतका व्यक्तिहरुलाई देख्ना साथ नागरिकहरु तर्सिन थाले । केहि दिन त बजार स्वतः लकडाउन भयो ।

कारण थियो नेपाली सेनाको मध्य पृतनामा कोरोना संक्रमण देखिनु र सोहि व्यक्ति सिन्धुलीमा भएको कोरोना भाईरसबाट हुने मृत्यु र शव व्यवस्थापनका विषयमा भएको कृतिम घटना अभ्यास प्रदर्शनमा सबैसँग सहभागिता जनाउनु । जब सबै त्यो कार्यक्रममा सहभागि थिए भन्ने सूचना बाहिर आयो सिन्धुलीमा एकाएक सन्नाटा छायो ।
म पनि त्यो कार्यक्रममा सहभागि भएको थिएँ । स्वास्थ्य सुरक्षा सतर्कताका सबै प्रक्रिया अवलम्बन गरि उक्त कार्यक्रम गरिएको थियो । कसैसँग कसैको सम्पर्क हुने सम्भावना थिएन तथापी त्यहाँ जानेहरुलाई केहि तनावको वातावरण बनेको थियो । जव जिल्लामा आरडिटी परिक्षण भयो २९ जनाको रिपोर्ट पोजेटिभ आयो ।
त्यसपछि सबैभन्दा बढी पत्रकार र स्वास्थ्यकर्मी देख्दा नागरिकहरु पर पर जान थाले । त्यहि बेला मलाई धेरै जनाले कोरोना परिक्षणको लागि सुझाव दिनु भयो । परिवारमा बढेको त्रास, समाजका अगुवाले दिएको सुझावका बावजुद हामी १९ जना पत्रकारले आरडिटी परिक्षण ग¥यौं । हामीले गर्ने आरडिटी परिक्षण अति आवश्यकता हुनेले गरुन भन्ने चाहना हुदा हुदै पनि समाज, परिवार र सुभचिन्तकका लागि मैले उक्त जाँच गराएको हुँ ।
पछिल्लो समय रुघाखोकी लाग्यो, टाउको दुख्यो भन्नै नहुने अवस्था छ । त्यसो भईहाल्यो भने कोरोना नै हो भन्ने आशंका बढी हाल्छ र सोहि अनुसारको प्रतिक्रिया आईहाल्छ । विशेष गरि मलाई चिसोको एलर्जी छ । हाछ्यु मेरा लागि सामान्य हो । कहिलेकाँहि रिपोर्टिङका लागि बाहिर निस्कनुपर्छ । त्यहि कारणले पनि धेरै व्यक्तिले पटक पटक जचाई हाल्ने सुझाव दिईरहेका हुन्छन ।
कोरोना भाईरस सामान्य रुघाखोकी जस्तै रोग हो । यसलाई शरीरको प्रतिरक्षा शक्ति बढाउँदा जित्न सकिन्छ भन्ने विषयमा बुझाउ नसकिएको पनि हो । तथापी औषधि नबनिसकेकाले केहि त्रास र समस्या भने छ भनेर बुझाउन कहिले कसरी सकिएला ? यो गम्भिर विषय बनेको छ ।
पछिल्लो समय कसैको घरमा नयाँ अनुहार भएको मान्छे आउनै नहुने अवस्था छ । मर्दा पर्दा मान्छेको मलामी जान छोडेका छन । एक परिवारले अर्को परिवारलाई लाञ्छना लगाउँदा कोरोनासँग जोडेर लगाउँदै छन । कोरोनाको त्रासका कारण आफन्त, पराईलाई गर्ने व्यवहार उस्तै छ । नेपालीहरुमा कोहि विरामी पर्दा, रोग, भोकले सताईदा, मृत्यु संस्कारमा सहयोग गर्ने संस्कार छ । यति बेला त्यो संस्कार नै हराउँदै गएको छ । परिवार परिवारबीचको सम्बन्ध विग्रिएको छ ।
कोरोना संक्रमण हुन सक्ने आशंकामा होस वा उपचार गर्न संलग्न भएको अवस्थामा होस । मान्छेले मान्छेको सहयोग गरेको बाहनामा होस परिवार, समाजले यातना दिन थालेको छ । जसका कारण केहि फ्रन्टलाईनमा काम गर्नेहरुलाई काम गर्न जान समेत समस्या पर्न थालेको छ । पछिल्लो समय स्वास्थ्यकर्मीहरु, एम्बुलेन्स चालकहरु, रेडक्रसकर्मीहरु, औषधि व्यवसायीहरु, राजनीतिक नेतृत्व, जनप्रतिनिधिहरु, सुरक्षाकर्मीहरु, पत्रकारहरु लगाएतलाई समाजले हेर्ने दृष्टिकोण बदलिएको छ । उनीहरुलाई गरिने व्यवहार बदलिएको छ । उनीहरुसँग नजिक हुन त परै जाओस देखे पछि भाग्ने परम्पराको थालनी भएको छ ।
केहि दिन यता जिल्लामा क्वारेन्टाईनमा बस्ने नागरिकमाथि स्थानीयको दवाव सुरु भएको छ । भारतबाट आएका नागरिकलाई क्वारेन्टाईनमा राख्दा नजिकका गाउँलेहरुले उनीहरुलाई नराख्न दवाव दिन थालेका छन । केहि व्यक्तिलाई दवावका बाबजुद क्वारेन्टाईनबाट हटाईएको छ । मानव वस्ती नजिकमा मान्छेलाई राख्न नपाईने नियती बन्न थालेको छ । यस्तो अवस्थामा विदेशबाट फर्कनेहरुलाई माया सद्भाव र सहयोगको अत्यन्त खाँचो छ । रोजगारी गुमाएर देश, गाउँ र परिवार सम्झेर आएका ति नागरिकलाई गरिने व्यवहार निन्दनीय छ । घटनाहरुबाट स्थानीय विपद व्यवस्थान समिति र जिल्ला विपद व्यवस्थापन समिति गम्भिर हुन आवश्यक छ ।
पाँच हजार बढी नेपालीहरु भारतबाट मात्र जिल्लामा फर्कदैछन भनिरहँदा हामी कति तथ्य नजिक छौं । उनीहरुको व्यवस्थापनामा कति ध्यान दिएका छौं । भोली आउन सक्ने भवितव्यका बारेमा सोंचेका छौं की छैनौं ? यदि ५ हजार नागरिक एकै पटक आउने हो भने उनीहरुलाई मानवीय हिसावले राख्न सक्ने अवस्था छ की छैन ? यी विषयमा स्थानीय तह गम्भिर हुन आवश्यक छ । यदि त्यस्तो अवस्था छैन भने सबैको सहयोग लिन आवश्यक छ ।
कोरोना भाईरस दैनिक दु्रत गतिमा बढेको छ । यसले महामारीको रुप लिईरहदा एकले अर्कालाई वहिस्कार हैन सहयोग गर्न सक्ने वातावरण मिलाउन सकिएको छैन । कति नागरिकलाई बुझाउन समेत गाह्रो भईरहेको छ । जिल्लामा हजारौं नागरिक भित्रिरहँदा जिल्लामा करिब ३ सय वेडको हाराहारीमा मात्र क्वारेन्टाईन छन । समुदायलाई बुझाएर भए पनि सबै विद्यालयलाई क्वारेन्टाईन बनाउँ । खाद्यान्न संकट आउन सक्छ ? जसका लागि खाद्य बैंक स्थापना आवश्यक छ ।
आइसोलेसन व्यवस्थापनमा स्थानीय तहले ध्यान दिन सकेका छैनन । सबै स्थानीय तहमा राहातको लहर चलेको छ । २ महिनाको लकडाउनमा ३० हजार हाराहारीमा राहत वितरण गर्नुपर्ने अवस्था आएको छैन । राहतमा भन्दा पनि रोग नियन्त्रणमा सबैको ध्यान जान आवश्यक छ । अति नै आवश्यकता परेकालाई बाहेक राहत दिनुपर्ने अवस्था आएको छैन ।
महत्वपूर्ण कुरा त के भने स्वास्थ्यकर्मीको मनोवल बढाउन पनि आइसोलेसनको संख्या बढाउन, स्वास्थ्य मन्त्रालयबाट प्राप्त आरटिपिसिआर मेसिनको व्यवस्थापन गर्न, परिक्षणका सामग्री खरिद गरि स्टक गर्न, जिल्लामा रहेका २९ वटा एम्बुलेन्सको व्यवस्थापन गर्न स्थानीय तह, जिल्ला विपद व्यवस्थापन लगाएत सबै चुक्यौं की ? यसतर्फ ध्यान जाओस । यस्तै अर्को महत्वपूर्ण कुरा सूचना अपडेटमा पनि जिल्ला विपद व्यवस्थापन चुकीरहेको छ । ‘एकद्धार सूचना प्रणाली र एकद्धार संकट व्यवस्थापन’ गर्न सकिएन भने पनि भोलीको संकट टार्न समस्या आउन सक्छ । खै यस तर्फ कस्ले ध्यान दिने ?
केहि दिन अघिसम्म मिडिया आवश्यक हैन भन्नेहरु आज ति मिडियाले किन छिटो समाचार दिएनन भन्ने अवस्था आईसकेको छ । मानिसलाई विपदमा सूचना प्रवाह कति महत्वपूर्ण रहन्छ भन्ने कुरा २०७२ को भुकम्पले सिकाएको छ । पटक पटकका बाढी पहिरो हावा हुरी लगाएतका विपदले पनि उत्तिकै पाठ सिकाएका छन । पत्रकारलाई सूचना नदिएमा ती सूचना प्रवाह हुन सक्दैनन । सूचना प्रवाहलाई प्रभावकारी नबनाउनु भनेको नागरिकको सूचनाको हकलाई वेवास्ता गर्नु पनि हो ।
एकद्धार प्रणाली मार्फत सूचना प्रवाह गरौं । जसले विपद व्यवस्थापनमा सहयोगी भूमिका नै खेल्ने छ । केहि सञ्चारमाध्यमको पनि भूमिका बदलिनुपर्छ महामारी तथा विपदमा । सहि सूचना दिन च्ुक्नु हुदैन र व्रेकका नाममा अपुष्ट समाचार पनि दिनु हुदैन । जसले समाजमा त्रासको वातावरण नबनोस । मिडियाको भूमिकाले पनि मानवीयता गुमाउनेहरुलाई सच्चिन सहयोग गर्छ । मानवीयता जोगाउनका लागि पनि मिडियाको भूमिका महत्वपूर्ण बन्न आवश्यक छ ।
सबै अग्रपंक्तिमा काम गर्नेहरुको एकतावद्ध योजना र कार्यान्वयन यतिबेला आवश्यक छ । मान्छेले मान्छेलाई गर्ने व्यवहार अमानवीय हुनु हुदैन । यस्ता अमानवीय कर्मलाई निरुत्साहन गर्ने र मानवअधिकार संरक्षण गर्ने कर्तव्य राज्यको हुन्छ । राज्यका निकायहरु नचुकुन । बेलैमा यस्ता कुरामा ध्यान दिन सकिएन भने भोली हाम्रो संस्कारयुक्त र मानवीय समाज त्यहि अवस्थामा नफर्किन पनि सक्छ । अतः सरकारका निकायले प्राथमिकता निर्धारण गरेर काम गरुन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

थप ३९ जनाको आरडिटी जाँच

Next Post

मृत शव फेला

सम्बन्धित खबरहरु

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied