सिन्धुली । जिल्लामा सोमबार ३९ जनाको आरडिटि विधिबाट कोरोना परिक्षण गरिएको छ । मरिणमा २४ र सुनकोशी गाउँपालिकामा १५ जना गरि ३९ जनाको आरडिटी विधिबाट एन्टीवडि जाँच गरिएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
उनीहरुको सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्रकुमार शाहले बताए । यो सँगै जिल्लामा आरडिटी विधिबाट जाँच गर्नेको संख्या ९ सय ८७ पुगेको शाहले बताए । ती मध्ये २९ जनाको आरडिटी पोजेटिभ आएको थियो ।
आरडिटी पोजेटिभ आएका सबैको पिसिआर विधिबाट कोरोना परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको शाहले बताए ।



















