सिन्धुली । सिन्धुली अस्पतालमा स्वास्थ्य विभागले आरटिपिसिआर मेसिन उपलब्ध गराउने भएको छ । कोरोना परिक्षणका लागि सिन्धुली, रामेछाप, दोलखा र ओखलढुंगालाई लक्षित गरि उक्त मेसिन पठाउन थालेको अस्पताल विकास समितिका अध्यक्ष प्रलाद कुमार पोखरेलले बताए ।

जसका लागि अस्पताल व्यवस्थापनले जिल्लाका स्थानीय तहहरुसँग समन्वयको काम अगाडि बढाएको जनाएको छ भने ल्यावका लागि भवनको खोजी समेत गरिरहेको जनाएको छ ।
केहि स्थानीय तहसँग घरभाडा व्यवस्थापनको बारेमा छलफल भए पछि भवन खोजी गर्न थालिएको अस्पतालले जनाएको छ ।



















