सिन्धुली । सिन्धुली अस्पतालबाट बुधबार आरटिपिसिआर विधिबाट कोरोना परिक्षणका लागि पठाइएका ७ वटा स्वावको रिपोर्ट शुक्रबार आएको छ ।
शुक्रबार सबैको रिपोर्ट नेगेटिभ आएको सिन्धुली अस्पताले जनाएको छ । प्रादेशिक अस्पताल हेटौडामा परिक्षणका लागि पठाईएका स्वावको नतिजा नेगेटिभ आएको सिन्धुली अस्पतालका कोभिड १९ फोकल पर्सन डा.प्रसन्नजंग राजभण्डारीले बताए ।
हालसम्म सिन्धुलीबाट आरटिपिसिआर विधिबाट कोरोना परिक्षणका लागि पठाईएका ९५ नमुनामा अब ११ जनाको मात्र नतिजा आउन बाँकी रहेको पनि उनले जनाएका छन । हालसम्म परिक्षण सकिएका ८४ जनाको रिपोर्ट नेगेटिभ आएको पनि उनले बताए ।



















