
अस्पतालमा कार्यरत १ सय ८ जना स्वास्थ्यकर्मी तथा कर्मचारीको कोरोना विमा गरिने भएको अस्पतालले जनाएको छ ।
अस्पताल विकास समितिको विहिबार बसेको बैठकले १ लाख बराबरको कोरोना विमा गरिदिने निर्णय गरेको अस्पताल विकास समितिका अध्यक्ष प्रलाद कुमार पोखरेलले बताए ।
उक्त विमाको विमांक रकम अस्पतालले व्यवस्थापन गर्ने उनले बताएका छन । स्वास्थकर्मीहरुमा हुन सक्ने जोखिमलाई मध्येनजर गर्दै र स्वास्थ्य कर्मचारीलाई प्रोत्साहन गर्नका लागि विमा गर्ने निर्णय गरिएको पोखरेलले बताए ।
आफ्ना सम्पूर्ण चिकित्सक, कर्मचारी, स्वास्थ्यकर्मीको कारोना बीमा गरेको हो । कोरोना बीमामा विमितले यदि कोरोना पोजेटिभ भएमा एक लाख रुपियाँ प्राप्त गर्नेछन् ।



















