सिन्धुली । सिन्धुलीमा ५ सय ७१ जनाको आरडिटी विधिबाट कोरोना भाईर (कोभिड १९) परिक्षण गरिएको छ । जिल्लाका ९ वटा स्थानीय तह तथा सिन्धुली अस्पतालमा ती शंकास्पद व्यक्तिको आरडिटी परिक्षण गरिएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

स्वास्थ्य कार्यालय प्रमुख जितेन्द्रकुमार शाहका अनुसार कमलामाई नगरपालिकामा १ सय ७५ जना, दुधौली नगरपालिकामा ९९ जना, तिनपाटन गाउँपालिकामा ५२ जना, फिक्कल गाउँपालिकामा २१ जना, सुनकोशी गाउँपालिकामा ३८ जना, गोलञ्जोर गाउँपालिकामा ३० जना, घ्याङलेख गाउँपालिकामा १४ जना, मरिण गाउँपालिकामा ३८ जना, हरिहरपुरगढी गाउँपालिकामा ३८ जनाको आरडिटि परिक्षण गरिएको छ ।
यसैगरि जिल्लामा रहेका क्वारेन्टाईनमा हालसम्म १०८ जना बसेकोमा ६८ जना डिस्चार्ज भएका छन । उनीहरुले क्वारेन्टाईन अवधि सकि डिस्चार्ज भएका हुन । ४० जना हाल क्वारेन्टाईनमा बसेका छन । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय प्रमुख शाहले बताएका छन । उनीहरुको स्वास्थ्य परिक्षण भए पनि आरडिटी परिक्षण भने हुन सकेको छैन । जिल्लामा आरडिटी किट्सको अभाव भएका कारण परिक्षण हुन नसकेको हो ।




















