सिन्धुली । रौतहटको इटा भट्टाबाट फर्केका मजुदरहरुलाई क्वारेन्टाईनमा राखिएको छ । मरिण गाउँपालिका वडा नं. ७ का थामी समुदायका १८ जनालाई मरिण गाउँपालिकाको कपिलाकोटको मरिण बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएको मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले बताए ।

मंगलबार साँझ हरिहरपुरगढी गाउँपालिका वडा नं. २ वखफर आएका उनीहरुलाई उक्त गाउँपालिकाले सोहि ठाउँमा रहेको क्वारेन्टाईनमा आश्रय दिएको थियो ।
बुधबार मरिण गाउँपालिकाको एक सवारी साधन र उद्योग वाणिज्य संघको एक गाडी लगेर उनीहरुको उद्धार गरि मरिण ल्याईएको पनि अध्यक्ष बम्जनले बताएका छन ।
उनीहरुको सामान्य स्वास्थ्य परिक्षणपछि क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष बम्जनले बताएका छन ।




















