सिन्धुली । कसैको सानो सहयोग पाएमा लाखौको कारोवार गर्न सक्ने युवा उद्यमी गाउँमा छन् भन्ने उदारण वनेका छन् तीनपाटन १० अवलका नेत्र वहादुर लायो मगर ।
जिल्लाको विकट मध्येकै एक मानिने यो स्थानमा उनले समुहको सहयोगमा लाखौको व्यवसाय संचालन गरी आम्दानी गरिरहेका छन् । जिल्ला युवा समिती सिन्धुलीवाट २०७३÷०७४ को वजेटमा ५ लाख सहयोग पाएका उनीहरुले आफुहरुको थप लगानीमा १२ हजार कुखुरा पालेर राम्रो आम्दानी गरेको वताए । उनले भने हामी ६ जनाको समुहमा काम गरिरहेका छौं । जसवाट उनिहरुले झण्डै ४० लाखको कारोवार गरेका छन् । तीन लाख माथि नाफा कमाएका छन् ।
मंसिर देखि अहिले सम्म हामीले १२ हजार कुकुरा पालन गरेर विक्रि ग¥यौं । अव २ हजार मात्र विक्रि गर्न वाँकि छ । १० हजार कुकुरा वाट दुई लाख ५४ हजार नाफा भएको वताए । अव वाँकी वाट १ लाख भन्दा माथि आम्दानी हुन्छ उनले भने ।
युवा समितिवाट रकम नपाउँदा सम्म व्यवसाय नै नगरेका उनीहरुले त्यसपछि भने आफुले समेत निकै ठुलो लगानी गरेर व्यवसाय गरेका छन् । कुखुरा संगै उनिहरुले वंगुर समेत पालेका छन् । हाल १३ वटा वंगुर पालेका उनिहरुले कुखुरा मरेमा त्यसलाई खुवाउन मिल्ने भएका कारण संगै वंगुर समेत पालन गरेको वताए । पानीको अति नै समस्या भएका कारण व्यवसाय गर्न समस्या भएको लायो मगरको भनाई छ ।
हिउँदको समयमा वजारको खासै समस्या नभएपनि वर्षादमा भने सडक अभावले गर्दा व्यवसाय नगर्ने उनले वताए , यहाँ उत्पादीत कुकुरा काठमाण्र्डौ, नारायणघाट लगाएतका क्षेत्रमा विक्री गर्ने गरेको समेत उनले जानकारी दिए ।
विहिवार सो व्यवसायको जिल्ला युवा समितीको एक टोलीले अनुगमन गरेको थियो । जसवाट व्यवसायमा समितिले गरेको लगानी फलदायी भएको निष्कर्ष निकालिएको छ । जिल्ला युवा समितिका अध्यक्ष संजय दाहाल, जिल्ला समन्वय समितीका अधिकृत सागर कुमार ढकाल, मत्रकार महासंघका केन्दीय सदस्य द्वारिका काफ्ले कान्तिपुर कर्मी राजकुमार कार्की युवा समितीका कार्यालय प्रमुख सत्रुधन यादव लगाएतको टोलीले अनुगमन गरेको थियो ।





















