• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, October 31, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

कथा : गौरीको राहत

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
चैत्र २३, २०७६
in Featured, Literature
0

Share via:

394 Shares
  • Facebook 394
  • Twitter
  • LinkedIn
  • More
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
लोकमणि तिमल्सिना

ईश्वरले पनि हामिलाई नै दुख दिन्छन् । अरु कोही छैन्न हामी जस्ता ? खान नपाउनी ? लाउन नपाउनी ? आकास ओड्नी ? धर्ती ओछ्याउने ? के हिउँद ? के बर्षा ? के जाडो ? के गर्मी ? के चाड बाड ? के सुःख ? के दःुख ? खै, कति निष्ठुरी हुदाँ रहेछ्न्न दैव पनि । हामीलाई मात्रै दसा लाग्नु पर्ने ? रोगी हामी मात्रै हुनु पर्ने ? गरिव हामी मात्रै हुनुपर्ने ? के हामीले चै पुरा जीन्दगी बाँच्नु नहुने ?
हे दैव सक्छौ भने हामीलाई अझै दुख देऊ । दःुखको अन्तिम सिमा कहाँ ? कति छ ? सबै भोगौला । यति सोच्दा सोच्दै गौरी निदाईन । अन्तिम रात गौरी को । अन्तिम निन्द्रा गौरी को । जे गर्नु छ आजैको रात । जे सोच्नु छ आजैको रात । पुरै छटपट्टी चलेको छ,गौरीको मनमा ।
आकासमा कालो बादल मडारीएको छ । मुसलधारे पानी । धर्ती नै फुट्ला जस्तो चट्याङ्ग । आदि पानी कोठा बाहिर । आदि पानी कोठा भित्र । विछ्याउना सबै भिजेको छ । उठेर बस्नेसम्म तागत छैन गौरीको । टुकीमा पनि हिज्जै मट्टितेल सिद्धिएर सुत्ने बेलामा आफैं निभेको । पाखाको भल भित्र पसेर अँगेना भरीइ सकेको थियो । बिस्तारै सुतेको ठाँउसम्म भल भरीएर सुत्न समेत दिएन । बिहानीको उज्यालो कुर्नु बाहेक अरु थिएन । बल्ल बल्ल पानी अलि रोकीए जस्तो हुन्छ । फेरी चिसो सिरेटो चल्छ । हावा रोकिन्छ । पानी दर्कन्छ । लाग्छ अन्तिम रात आजै हो ।
उज्यालो घामका किरणहरुसँगै बल गरेर उठ्ने जमर्को गरीन् । संघारमा पुगेर हेरीन् । वारी पारी पहिरो नै पहिरो छ । खोला वार पार छन् । त्यो पाखामा गौरीको एक्लो घर । बाहिर आएर चिच्याइन । कराइन । सुन्नेवाला कोहि थिएन्न । थिए त केवल घाम र छेवैको रुखमा केहि थान चराहरु । तिनै चराहरु पनि शन्देश दिदै थिए । भाग गौरी भाग । त्यो ठाँउमा तिमि असुरक्षित छौ ।
जाँउ, कता जाँउ ? बसौ,कता बसौ ं? खाँउ, के खाँऊ ? लाँऊ, के लाँऊ ? वारी पारी पुरै खोला सुसाएर वाढी आएको छ । खेल्सा खहरे पनि नदी बनेका छन् । बाहिर बाँधेको बाख्राको माऊ पाठा पनि पैरोले पुरीएर मरेछन् । राती सँगै सुतेर बिहान सँगै उठ्ने र्घोली बाख्रीको सन्तान । साथीको नाममा भएको एउटा साहारा पनि पैरोले खाँइ दियो ।
बल्ल तल्ल बारीको कान्लामा उक्लिएर हेरिन । हिजोको संसार र आजको संसारमा पुरै बेग्लै छ । हिजो धर्ती हरीयो थियो । आज धर्ती सेतै छ । पैरैपैरोको खानी भएको छ । धेरै बलगरेर हिड्न सक्ने अबस्था समेत छैन । हिजोको तीन दिन पछि दुईसय असी दिन पुग्ने थाहा छ । जे जस्तो परे पनि शरीर बचाएर गर्भमा रहेको बच्चालाई सकुसल धर्तीमा पाईला टेकाउने उन्को रहर । अनि करीब नौ महिना बन्द कोठीमा बसेर धर्तीमा पाइला टेक्ने एउटा आत्माको रहर । दुबै पुरा हुन अब केहिदिन मात्र बाँकी थियो ।
एक्लो जीन्दगीमा के पर्छ भनेर सकेको बेलामा, काम पाँउदा खेरी अलि अलि बचाएर राखेको सामल, दाल, नुन, तेल सबै छिन भरमै परेको पानीले खाई दियो । भोली खाने आशामा अघिल्लो रात हेरेरै चित्त बुझाएकी गौरीलाई के थाहा छिन भरमै माटोमा मिसिन्छ भनेर ।
दिन बढ्दै गएपछि पारी पट्टी केहि हुल मान्छेका तातीहरु देखिए । मिश्रित मानिसहरुको जमात थियो । महिला पुरुष हिड्नसक्ने केटा केटीहरु । ती मान्छेका लर्को खोलाको किनार सम्म आएर खोला तर्न नसकेर फर्किए । त्यँहाबाट बारी पारी गर्नका लागी एउटा घिर्नी थियो त्यो पनि रातिको पैरोले एकातिरको लठ्ठा खोलाको किनारामा पुह्याएको थियो ।
पानी सबै तिर परेको रहेछ । सञ्चारका साधनहरुले सबै तिरका समचार बनाए । केही समय पछि आकाशमा हेली उड्न थाले । बिचरा गौरीको ध्यान पनि आकाश तिरै छ । आई हाल्छ की ? बसी हाल्छ की ?उद्दार गरी हाल्छ की ? आफु त जेन तेन बाँचिन्थ्यो होला । झिनो आशा । कयो दिन रात भोकै विताएकी गौरीलाई बच्चालाई कसरी जन्मदिने र त्यतिका दिनसम्म कहाँ बस्ने भन्ने चिन्ताले सताउन थालो । दिन भर आकाशमा हेली उडे । कुनै नजिकैबाट उडे तर कसैले देखेन्न गौरीको गोठ पुरीएको । देखेन्न गौरीको घोर्ली बाख्रोका माउपाठा पुरीएको । सुनेनन् गौरीको आवाज । बुझेनन् गौरीको भावना ।
दिन छिप्पिदै गएको थियो । गौरीको श्रीमान्ले नेपालमा पानी परेको र धेरै ठाँउमा बाढी पैरो गएको । धेरै घरहरु भत्किएको । धेरै घरहरु बगाएको समाचार सुने । तर उनले आफ्नी श्रीमतीको हालखबर वुझ्न सकेनन् । थिएन गौरीसँग फोन । थिएन नेट को सुबिधा । थिएन ईमो र भाईवरमा कुरा गर्नी साधन । थियो त केवल आज रात पर्छ । अनि यो रात कसरी काट्छु होला भन्ने चिन्ता ।
उता विदेशमा रोहित छट्पट्टीएको छ । नजिकै छिमेकीमा फोन गरौ भने पनी त्यो ठाँउमा अहिलेसम्म टावर पनि बनेको छैन । आजको आधुनिक युगमा पनि त्यँहाका मानिसहरु अन्धकार युगमा बाँच्नु परेको छ ।
सोच्दा सोच्दै घाम डाँडा माथि भैहाले । दिन भर आएनन् कोहिपनि गौरीको छेउमा । साँझ फर्केर आए त्यहि बिहानका चराहरु बास बस्नलाई । चरा पनि भन्दै थिए जाउ गौरी जाउ तिमि अन्तै जाउ । चराले पनि जिस्काए जस्तो लागो । मनमनै बिचार गरीन तिमिहरुका जस्तै मेरा पनि पखेंटा भएको भए म पनी भुरुरु उडेर सात डाँडा पारी रोहितसँगै जान्थे । उनीले चराहरुसगँ आफुलाई तुलना गरेर झन् चिन्तामा परीन् ।
रात पह्यो । दिन भरी घाम साथी बने । रात भरी भिजेको जिँउलाई सुकाइन । खान केहि पाएको छैन । बाल्न दाउरा छैन । खोज्न जाने हिम्मत छैन । आगो बाल्ने ठाँउ छैन । आजको रात फेरी भोकै सुत्नुको कुनै बिकल्प छैन । त्यहि हिजो भिजेको कम्मल र पलाष्टिको गुन्द्रि । दिउसोको घाममा अलि अलि अख्रिएको थियो । त्यही ओछ्याउने । ओड्ने । निन्द्रा त किन लाग्थ्यो, रात भरी छट्पटीमा बिताइन । सम्झीईन बिदेशमा रहेका श्रीमानलाई । आफ्न्तलाई । मित्रलाई । शत्रुलाई । भगवानलाई । पुरै छट्पट्टीमा बिते रातहरु । भोलीको आशामा । खोला घटे पछि अन्यन्त्रै गएर बसौंला । बिते रातहरु गर्भमा रहेको बच्चालाई जन्म दिने । हुर्काउने । पढाउने । ठूलो बनाउने आशै आशामा ।
मिरमिरे उज्यालो भयो । उषाका किरणहरुसँगै गौरीका आँखाका पर्दाहरु पनि खुल्दै गए । जवरजस्ती चिम्लीन वाध्य पारीएका ति आँखाहरु । फेरी जबरजस्ति खोलिदै छन् । न खोलिउन पनि किन ? परेलालाई अर्को परेला भेट्नसमेत तागत छैन । कयौ कोष पर लाग्दैछन् परेलाका दुरीहरु ।
एकहुल मान्छेहरु आए । हेलीमा चढेर । हेली परको चौरमा राखेर । साहानु भुति प्रकट गरे । राहतको आवश्यक्ता रहेछ भने । समस्या बुझँे । क्षतिको टिपोट गरे । धन को क्षति भएको, जनको क्षति नभएको । पशु चौपाय मरेको । दुई दिन देखि भोकै भएको । गर्भवति भएको । सबै सबै टिपोट भैसके पछि एक जना दौरा सुरुवाल र कोट लगाएका भलाद्मी खालका देखिने मानिसले सोधि हाले तपाँई कुन पार्टीको हो ? गौरी बोल्न नसक्ने अबस्थामा थिईन । उनिलाई बोल्न नपरे हुन्थ्यो जस्तै लागेको थियो । पानी पनि खान नपाएको दुई दिन भै सकेको थियो । प्याक प्याक गर्दै राहात पाउने आशामा म कुनै पार्टीको होइन भनि सक्न नपाउदै भोट चैं कुन पार्टीलाई दिएको ? भनेर सोधिहाले । फोटो खिचे । सेल्फि लिए । हामी लाग्यौ । हामी अनुगमन गर्न आएका जनप्रतिनिधि,सरकारी कर्मचारी हौं । तपाईका समस्यालाई हामी चाडै सम्बोधन गर्छौ । गौरीले चाडै राहात पाउने आशामा खुशिले विदाईका हातहरु हल्लाईन । राहात दिने आश्वासनमा फेरी हेली चढेर लागे एक हुल जत्था ।
साँझ परो । गौरीलाई सुत्केरी ब्यथाले च्यापी सकेको थियो । भोक भोकै पानी विनाको जीन्दगी । थिएन साहारा । थिएन भरोसा । थिएन सुत्केरी स्याहार सुसार गर्ने । न चुलो बल्यौ । न तातो पानी । ब्यथाले च्याप्तै गयो । कठिन परिस्थिति सामना गर्दै थिइृन । आफ्नो प्राण बचाउने । अर्को प्राणिलाई पनि यै धर्तिमा पाइला टेकाउने । बाँच्ने बचाँउने । केहि गुमाएपनि केहि प्राप्त गर्ने ठूलो आशामा मृत्युसँग लड्दै थिईन । दुई पटक प्राण गएर फेरी फिरीन । लामो संघर्षका बाबजुद सुन्दर छोराको जन्म दिईन । छोरालाई सम्हाल्ने कुनै सामर्थ थिएन गौरीको । आफु अचेत अबस्थामा नै छोराले केहि समय पाईला टेकेर यस धर्तिबाट बिदा भईसकेको थियो । गौरीले छोराको मुहार हेर्न पाइनन् । दुबै आमा छोरा सदाका लागि त्यही रात बिदा भए ।
गौरीसँग खिचिएका फोटाहरु भाइरल हुदै थिए । धेरैले सहयोगको बाचा दिएका थिए । बिचरा भन्नेहरु कति थिए । गौरीका समस्याका बारेमा दिन भर टिभि, रेडियोमा समचार वजे । लाखौं रकम जुटे । खाद्यान्न लत्ताकपडा आदि आदि ।
भोलि पल्ट केहि मान्छेका ताँतीहरु गौरीको गोठ भएको पाखामा उकालो लागे । प्राय सबैले राहतका पोका बोकेर घर पुगे । त्यतिन्जेलसम्म गौरीका आमा छोराले नयाँ ईतिहाँस रचेको दुई दिन बितिसकेको थियो । (तिनपाटन–८, सिन्धुली)

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

क्वारेन्टाईन व्यवस्थापनमा सामग्री सहयोग

Next Post

पच्चिस सय माक्स पठाएको नगरपालिकाको दावी (अपिल सहित)

सम्बन्धित खबरहरु

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई
Featured

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक
Featured

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied