सिन्धुली । नेपाल रेडक्रस सोसाईटी सिन्धुलीले प्लानको सहयोगमा २२५ वटा क्वारेन्टाईन वेडका लागि आवश्यक सामग्री सहयोग गरेको छ । गाउँपालिका तथा नगरपालिका मार्फत उक्त सहयोग गरिएको हो ।
दुई वटा नगरपालिका र ५ वटा गाउँपालिकामा स्थानीय तहले बनाएका क्वारेन्टाईनका लागि उक्त सामग्र्री हस्तान्तरण गरिएको प्लान नेपाल सिन्धुलीका प्रमुख राम बहादुर श्रेष्ठले बताए ।
उनका अनुसार क्वारेन्टाईनका लागि आवश्यक पर्ने व्ल्याङ्केट, पि फर्म, झुल, बाल्टिन, साबुन र ब्रस मञ्जन सहयोग गरिएको छ । गाउँपालिका अन्तर्गत रहेका क्वारेन्टाईनलाई सबै सामानको २५÷२५ सेट र नगरपालिकाभित्रका क्वारेन्टाईनका लागि पचास पचास सेट सामग्री उपलब्ध गराईएको श्रेष्ठले बताए ।
सहयोग पाउने गाउँपालिकामा सुनकोशी गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका, गोलञ्जोर गाउँपालिका र तिनपाटन गाउँपालिका रहेका छन भने नगरपालिकामा कमलामाई नगरपालिका र दुधौली नगरपालिका रहेका छन ।




















