सिन्धुली । हरिहरपुरगढी गाउँपालिकाले पालिका भित्रका गरिब, विपन्न, असहायहरुको तथ्यांक संकलन गर्ने भएको छ । गाउपालिका अध्यक्ष एवम् विपद व्यवस्थापन तथा आकस्मिक कोषका संयोजक कार्साङ लामाको अध्यक्षतामा आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । उक्त तथ्यांक वडा कार्यालयबाट गरिने भएको हो ।

यस्तै बैठकले गाउँपालिकाको वडा नं. १ को बाँदरेमा कोरोना भाईरस सम्बन्धि जनचेतनाको लागि हेल्पडेस्क सञ्चालन गर्ने निर्णय गरेको छ । यस्तै गाउँपालिकाले संघसंस्थाहरुसँगको समन्वयमा जनचेतना जगाउने लगाएतको निर्णय गरेको छ ।



















