सिन्धुली । कमलामाई नगरपालिका सिन्धुलीले नगरभित्रका मजदुरहरुलाई लकडाउनको अवस्थामा राहत प्याकेज दिने भएको छ । उनले कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले नगरपालिकाको ग्वाङखोलामा गिट्टी कुट्ने ६६ परिवार मजदुरलाई पहिलो चरणमा राहत प्याकेज दिने घोषणा गरेका हुन । लकडाउनका कारण मजदुरले भोकै मर्ने दिन आउन नदिन राहतको प्याकेज दिने भएको उनले बताए ।
आइतबार स्थानीय रेडियोहरु र फेसबुकबाट लाईभ दिदै उनले गिट्टी कुट्ने परिवारलाई पहिलो चरणमा राहत प्याकेज दिने घोषणा गरेका हुन । उनले भने, ‘मैले सबैलाई फोन गरेको छु, १, २ दिनपछि खान नपाउने अवस्था आएको गुनासो गरेका छन, सकेसम्म सोमबार नै अतिआवश्यक राहत उपलब्ध गराउँछु ।’
त्यस्तै उनले दोस्रो चरणमा नगरपालिकाले स्वास्थ्य विमा गराईदिएका ३९४ परिवार मजदुरहरुलाई अत्यावश्यक राहत दिने भएको छ । नगरपालिकाले अति गरिब मजदुरहरुको तथ्यांक संकलन गरिरहेको जनाउँदै मेयर खत्रीले प्राप्त तथ्यांकका आधारमा तेस्रो चरणको राहत प्याकेज दिने बताएका हुन ।
नगरपालिकाले अति गरिव मजदुरको तथ्यांक संकलनको काम टोल विकास संस्था मार्फत सुरु गरिसकेको छ । उक्त वक्तव्यमा उनले भनेका छन, ‘नगरपालिकाका अति गरिब र मजदुरले खान नपाएर मर्ने दिन आउन दिन्न ।’




















