सिन्धुली । फिक्कल गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा हेल्थ डेक्स स्थापना गरिएको छ । गाउँपालिकाका सबै वडामा रहेका स्वास्थ्य संस्थामा हेल्थ डेक्स स्थापना गरिएको गाउँपालिकाका प्रवक्ता राजु बरालले बताए । उनका अनुसार गाउँपालिकाले सुनकोशी मा.वि. सोखुवेशीमा १० वेडको क्वारेन्टाईन निर्माण गरेको छ भने मध्यपहाडी राजमार्गको पूर्वी नाका घुर्मिमा नाकाबन्दी गरेको छ ।
पूर्वी पहाडबाट गाउँपालिकाभित्र आउने उक्त नाका बन्द गरिएको र गाउँपालिकामा बाहिरबाट आउने व्यक्तिलाई निगरानीमा राखिएको बरालले जानकारी दिए ।
उनका अनुसार गाउँपालिकाले आवश्यक उपकरण, औषधि खरिद गरि सबै स्वास्थ्य संस्थामा पु¥याईएको जनाए । उनले गाउँपालिकाले ३ हजार माक्र्स, थर्मोमिटर, पिपीई सेट लगाएतका सामग्री खरिद गरि सबै स्वास्थ्य संस्थामा पु¥याएको र गाउँपालिकाले नर्मल माक्र्स उत्पादन समेत सुरु गरेको बताए ।
गाउँपालिकामा शंकास्पद विरामीको चेकजाँचको लागि आवश्यक थप बेड तयार गर्न थालेको छ भने सचेतनाको कार्यक्रम समेत अगाडि बढाएको छ ।




















