सिन्धुली । सिन्धुली अस्पतालको आइसोलेसनमा मंगलबार भर्ना भएका भारतबाट नेपाल फर्केका कमलामाई नगरपालिका वडा नं. २ का १९ वर्षिय युवाको स्वाव परिक्षणको प्रतिवेदन आएको छ । उनी सिलगुढीबाट सोमबार घरमा आएका थिए । उनलाई खोकी लागेपछि आइसोलेसनमा भर्ना गरिएको हो ।
सिलगुढीमै ज्वरो आएर सञ्चो भई सिन्धुली आएको तर सिन्धुली फर्केपछि खोकी लागेकाले चेकजाँचका लागि सिन्धुली अस्पतालमा आएका थिए । उनको स्वास्थ्य अवस्था सामान्य भएको र रिपोर्ट नेगेटिभ आएकाले अस्पतालले विहिबार नै डिस्चार्ज गरेको छ ।
सिन्धुली अस्पतालका डा. प्रसन्न राजभण्डारीका अनुसार उनी अब होम क्वारेन्टाईनमा बस्ने छन । सिन्धुली अस्पतालले कोरोनाको आशंकामा आईसोलेसनमा भर्ना गरेका तीनजना मध्ये हालसम्म २ जनाको रिपोर्ट आएको राजभण्डारीले बताए । एकजनाको रिपोर्ट शुक्रबार आउने अस्पतालले जनाएको छ ।



















