
उनीहरुलाई बिहान करिब ३ बजेतिर हात्तीले आक्रमण गरेको स्थानीय तिर्थ बरालले जानकारी दिए ।
धामी दम्पत्तीलाई हात्तीको सुँढले बेरेर फ्याकेको उनले बताए । घर भत्काउन आएको हात्तिले घरमै रहेका उनीहरुलाई आक्रमण गरेको हो ।
हात्तिको आक्रमणबाट देवु धामीको खुट्टा र टाउकोमा चोट लागेको छ । घाइते दुवैजनाको अहिले आमा मेमेरियल अस्पताल डकाहामा उपचार भइरहेको बरालले बताए ।
हात्तिले धामीको घर समेत भत्काएको छ ।



















