सिन्धुली । तिनपाटन गाउँपालिका वडा नं. ११ बाहुनतिल्पुङ घर भई इजरायल बस्दै आएकी अना तिमल्सिनाले कोरोनाबाट सुरक्षित रहनका लागि सिन्धुली अस्पताललाई एकहजार थान मास्क र हातधुनका लागि एकसय थान साबुन सहयोग गरेकी छिन ।
उनका भाईहरु लोकमणी तिमल्सिना र प्रमोद तिमल्सिना मार्फत उनले उक्त सहयोग गरेकी हुन ।

अनाले सिन्धुली अस्पतालका लागि १० थान पिपिई सेट थप सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको अस्पताल विकास समिति सिन्धुलीका अध्यक्ष प्रलाद पोखरेलले बताए ।



















