सिन्धुली । सार्वजनिक सवारी साधनहरुले बढी भाडा लिने गरेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले ट्राफिक प्रहरीको सहयोगमा यातायातका साधनमा आइतबार छड्के अनुगमन गरेको छ ।
काठमान्डौबाट विपी राजमार्ग हुदै पूर्वी नेपाल जाने यातायातका साधनमा छड्के जाँच गरेको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत भिम बस्नेतको नेतृत्वमा यातायातको अनुगमन गरिएको हो ।
प्रशासनले जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको समन्वयमा अनुगमन गरेको हो । कमलामाई नगरपालिका वडा नं. ६ शिवनगर चोकमा सवारी साधनमा चेकजाँच गरि सवारी साधनलाई कारवाहिका लागि यातायात व्यवस्था विभागमा सिफारिस गरिएको छ । ५ वटा सवारी साधनलाई कारवाहि गरिएको छ ।
चेकजाँचका क्रममा तोकिएभन्दा बढी भाडा तिरेका व्यक्तिहरुको भाडा फिर्ता गराईएको छ । यात्रुहरुको ८ हजार ३ सय रुपैंया भाडा ट्राफिक प्रहरीले यात्रुलाई फिर्र्ता गरेको हो । यस्तै ट्राफिक प्रहरीले केहि सवारी साधनलाई कारवाहि गरिएको समेत जनाएको छ । विशेषगरि बोलेरो र हायसले बढी भाडा असुल गरेको पाईएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत भिम बस्नेतले बताए ।
उनका अनुसार केहि सवारी साधनलाई कारवाहिका लागि यातायात व्यवस्था विभागमा कागज पत्र सहित सिफारिस गरिने भएको छ । धेरै सवारी साधनले टिकट नदिएको, एकै ठाउँको फरक फरक भाडा लिएको समेत भेटिएको बस्नेतले बताए ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत भिम बस्नेत, प्रशासनका मनु पोखरेल, झमक रेग्मी, प्रदीप काफ्ले तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका असई कुशहरि भण्डारी, प्रहरी हवल्दार शिव प्रसाद काफ्ले, प्रहरी जवान दिपक भण्डारी सहभागि भएका थिए ।