सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ११ को भिरगाउँका प्रगतिशिल लघु उद्यमी समुहका जुनार नर्सरी उद्यमीहरुलाई नर्सरीका लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको छ । कमलामाई नगरपालिका र युएनडिपीको सहयोगमा जिल्ला लघु उद्यमी संघ (डिमेगा) सिन्धुलीले शुक्रबार सामग्री हस्तान्तरण गरिएको हो ।

उक्त सामग्रीको हस्तान्तरण कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटा र डिमेगा सिन्धुलीका अध्यक्ष तोतादेवी बोगटीले गरेका थिए ।
उक्त नर्सरीका लागि डिमेगाले यस अघि पोली हाउस, विद्युतका लागि तार लगाएतका सामग्री हस्तान्तरण गरेको थियो भने आधा किलो जुनारको विउ समेत सहयोग गरेको थियो । साथै उनीहरुलाई तीन महिनाको नर्सरी तालिम र व्यवसाय भ्रमणका लागि गोलञ्जोर ५ खनियाँखर्क लगिएको थियो । तालिमको चैत ५ गते समापन भएको छ । यस्तै उनीहरुलाई ५ सय विरुवा जुनार समेत सहयोग गरिने डिमेगाका कार्यक्रम संयोजक यमुना सापकोटाले बताईन ।
उक्त कार्यक्रमका अवसरमा उपमेयर मञ्जु देवकोटा, डिमेगा अध्यक्ष तोतादेवी बोगटी, कनपा ११ का वडा सदस्य लोकेन्द्र बहादुर बुढाथोकी, पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष बिमला पाण्डे, डिमेगाका कार्यक्रम संयोजक यमुना सापकोटा, लेखा अधिकृत करुणा थापा लगाएतले नर्सरीको अनुगमन समेत गरेका छन ।



















