सिन्धुली । तिनपाटन गाउँपालिकाले विहिबारदेखी गाउँपालिका केन्द्र लाम्पानटारमा हेल्प डेक्स स्थापना गर्नुका साथै सचेतनाको कार्यक्रम समेत गरेको छ ।
कोरोना भाइरसको जाँच गर्नुका साथै सो बारे सचेतना दिने उद्देश्यले डेक्स स्थापना गरिएको गाउँपालिकाले जनाएको छ । हेल्प डेक्समा विरामीको चेकजाँच गर्नुका साथै पर्चा पम्पलेट वितरण गरिएको छ ।

विश्वभरी फैलिएको कोरोना भाईरसको संकट आउन सक्ने भन्दै सवै स्वास्थयकर्मीलाई हाई अलर्टमा बस्न निर्देशन गरेको छ । गाउँपालिकाले आफु मातहतका स्वास्थ्यकर्मीलाई सुत्केरी विदा र किरिया विदा बाहेकका अन्य विदा नदिने जनाउँदै पत्राचार गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदीले कोरोना संक्रमण फैलिन नदिन तथा यसको रोकथामलाई प्रभावकारी बनाउन पूर्व तयारी गर्नुपर्ने भएकाले गाउँपालिकाले यस्तो निर्णय गरेको हो ।



















