हेटौडा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश नं. ३ अन्तर्गतका १३ जिल्लाका जिल्ला प्रतिनिधिहरुको बार्षिक सम्पादन भेला शनिबारदेखि हेटौडामा सुरु भएको छ ।
इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि संकलित घटनाहरुको वार्षिक सम्पादन भेलालाई सम्बोधन गर्दै इन्सेक प्रदेश नं. ३ का संयोजक कृष्ण गौतमले मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशनको तयारीको क्रममा प्रदेश नं. ३ का १३ जिल्लाका मानव अधिकार उलंघन र ज्यादतीका घटनाको सम्पादन गर्न सुरु गरिएको बताए ।

त्यस्तै ललितपुरमा १ सय ३०, भक्तपुरमा २ सय ५४, सिन्धुपाल्चोकमा ८१, काभ्रेमा १ सय ३, सिन्धुली एकसय, मकवानपुर ५०, चितवन १ सय ७, धादिङ्ग ४१, रसुवा १४, रामेछाप ३०, दोलखा ३०, घटनाको सम्पादन गरिने गौतमले जानकारी दिए ।
१३ जिल्लामा संकलित घटनामा सबै भन्दा बढी घरेलु हिंसा र बलात्कारका घटनाहरु रहेको इन्सेक प्रदेश ३ का संयोजक गौतमले बताए । प्रदेश नं. ३ को सम्पादन भेला आइतबार सकिने छ ।




















