सिन्धुली । प्रेस संगठनको प्रदेश नं. ३ को कमिटीमा सिन्धुलीका ५ जना सदस्य बनेका छन । प्रेस चौतारीका २ जना र प्रेस सेन्टर तर्फबाट ३ जना समावेश भएका हुन ।
प्रदेश नं. ३ का संयोजक विश्वमणी सुवेदीले दिएको जानकारी अनुसार प्रेस चौतारीका तर्फबाट शंकर सौगात कार्की र लोकहरि आचार्य कमिटिमा परेका छन भने प्रेस सेन्टरको तर्र्फबाट राजन गाउँले, अञ्जु डिम्दोङ र मिमन पुलामी रहेका छन ।
संगठनले शनिबार कमिटीलाई पूर्णता दिदै नाम सार्वजनिक गरेको थियो । शनिबार पठाएको नामावलीमा केहि त्रुटी रहेको भन्दै आईतबार सच्चाईएको पुनः सर्कुलर समेत गरेको छ । आइतबार पठाईएको सूचिमा ८३ सदस्यीय कमिटि बनाईएको छ जसमा ६ जना सदस्यको स्थान रिक्त राखिएको छ ।
प्रदेशका सबै जिल्लाका संयोजक र सहसंयोजकको पनि अन्तिम टुंगो लगाइएको छ । सिन्धुलीको संयोजकमा बुद्धकुमार आछामी र सहसंयोजकमा वाईपि विनयको नाम संगठनले टुंगो लगाएको छ ।




















