• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, May 2, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

घरेलु हिंसा पीडितका प्रेरणा : ‘बाध्यता र मेहनतले सफल बनेका उद्यमी’

बिमला पाण्डे by बिमला पाण्डे
पुस २, २०७६
in Featured, Province 3, Society
0

Share via:

17 Shares
  • Facebook 38
  • Twitter
  • LinkedIn
  • More
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

 

हिंसामा परेका महिलालाई निरुले आर्थिक रुपमा सक्षम रहन आग्रह गर्छिन । उनी भन्छिन, ‘महिला भएर आफुले हिनता बोध गर्ने हैन, राज्यले महिला (हामी) लाई विभेद गरेको छैन । समाजले विभेद गरेको हो । समाजको संरचनालाई चिरफार गर्दै अघि बढ्नुपर्छ’ भन्छिन, ‘आर्थिक रुपमा जबसम्म सक्षम हुदैनौं तव सम्म हिंसाले हामीलाई पछ्याईरहन्छ । आर्थिक रुपले सवल हुन आवश्यक छ ।’

 

उर्जाले दिलायो अन्तर्राष्ट्रिय सम्मान
निरु श्रेष्ठ (४९) कमलामाई नगरपालिका ४ ढुंग्रेवासकी स्थायी बासिन्दा हुन । उनी घरेलु हिंसा पीडित पनि हुन र अहिले एकल महिला हुन । करिब १६ वर्षदेखि सिन्धुलीमा उर्जा व्यवसाय क्षेत्रमा क्रियाशिल छिन । पछिल्लो समय सफल व्यवसायीका रुपमा आफुलाई अन्तराष्ट्रिय स्तरसम्म चिनाउन सफल श्रेष्ठले ‘हिंसाको विकल्पमा महिलाहरुले आफुलाई आर्थिक रुपमा बलियो बनाउनुपर्छ’ भन्ने मान्यता राख्छिन । उनले श्रीमानको शारीरिक तथा मानसिक हिंसालाई सहन नसकेपछि प्रतिवाद गरि ४ छोराछोरीको जिम्मेवारी सहित घरबाट निस्की व्यवसाय गर्न थालेकी उनी अहिले उर्जाकै माध्यमबाट ९ देशको भ्रमण गरिसकेकी छिन ।

अध्ययनका हिसाबले एसएलसी भन्दामाथि पुग्न परिवार नै बाधक बनेको उनको लागि परिवारकै कारण लगाएको लुगासँग मात्रै घर बाहिरिनुको विकल्प रहेन र हिम्मत पनि गरिन । श्रीमानले गालीगलौज गरेको र कुटपिट गरेको देख्दा ‘हिंसा सहेर बाँच्नुभन्दा आत्महत्या गर्नु वेश’ भनेर अर्ति दिनेहरुलाई उनले घरबाहिर निस्केर चुनौती दिइन । जसका कारण उनी सफल आमाका साथै सफल व्यवसायीका रुपमा अन्तराष्ट्रिय स्तरमा समेत सम्मानित हुन पुगेकी छिन । राजनीतिक हिसाबले मजदुरका संगठन ट्रेड युनियन महासंघ (जिफन्ट) को नेतृत्व सम्हालेकी श्रेष्ठले २०७५ बैशाख १२ गतेदेखि एक कार्यकाल जिल्लामा महिला उद्यमी संघको नेतृत्व गरिन । महिला व्यवसायीका हितमा आफुलाई थप समर्पित गरिरहेकी उनी महिलालाई आर्थिक सामाजिक र राजनीतिक रुपमा अगाडि आउन सुझाव दिदै आएकी छिन ।
यस्तो छ कहानी : १४ वर्षको उमेरमा कक्षा ८ मा पढ्दै गर्दा कमलामाई नगरपालिका ४ ढुंग्रेवासका बासुदेव श्रेष्ठसँग विवाह भएको थियो । विवाह भएदेखि नै उनले हरेक प्रहर हिंसा सहनुप¥यो । २१ वर्ष पुग्दा ४ सन्तानकी आमा बनिन । ‘श्रीमान सधै रक्सि खाने र आएर कुट्थे । बालबच्चालाई खर्च जुटाउन मैले २०४८ सालदेखि २०५२ सालसम्म स्थानीय बोर्डिङ विद्याश्रममा पढाएँ ।’ उनी सम्झन्छिन ‘आफुलाई पढ्न र नानीहरुलाई खर्च जुटाउन मैले निकै मेहनत गर्नुप¥यो । परिवारकै कारणले आईए पढ्दा पढ्दै छोडें । हिंसा सहन नसकेपछि २०५० सालमा घरै छोडें ।’
३ छोराछोरी र कान्छो छोरो गर्भमा लिएर निस्केपछि श्रीमान उनी भएकै ठाउँमा आए । ‘६ महिनापछि फेरी घर फर्किन बाध्य भईन तर घरमा गएपछि पनि उहि व्यवहार भई नै रह्यो । त्यसपछि २०५२ देखि २०५४ सालसम्म टेलरमा मजदुरीको काम गरिन । यसले उनलाई केहि आर्थिक रुपमा सहयोग ग¥यो । ‘काम नगरे खान नपाईने, काम गर्न जाँदा अरुसँगै लागेको आरोप लाग्ने’ उनी भन्छिन, ‘जसका कारण कति कुटाई खाँए त्यसको कुनै हिसाबै छैन ।’
२०५५ सालदेखि सामुदायिक वन उपभोक्ता महासंघमा प्रवेश गरिन । जसले उनलाई नेतृत्वमा जान हौसला प्रदान ग¥यो । २०५६ सालमा महासंघको कोषाध्यक्ष भइन । २०५८ मा महासंघको सचिव भइन तर यसले जीविका धानिदैनथ्यो । जीविकाकै लागि प्रगतिशिल सहकारीका काम गरिन । त्यतिबेलासम्म पारिवारीक समस्या झनै जटिल भएको थियो । २०६० सालमा आएपछि श्रीमानसँग बस्नै नसक्ने अवस्था आयो र घरबाहिर कोठा लिएर छोराछोरीसँगै बस्न थालिन । ‘घरबाट निस्कदा शरिरको लुगा बाहेक केहि थिएन मसँग, त्यसपछि बल्ल व्यवसाय सुरु गरें ।’
व्यवसाय बाध्यता : जागिर, व्यवसाय पेट पाल्नका लागि बाध्यता र बच्चासँग जोडिएको कर्तव्य पनि थियो उनका लागि । ‘भित्ताले अन्न उब्जाउदैनथ्यो, कोठाले दिदैनथ्यो । घरबाट निस्केपछिको विकल्प नै मेरा लागि व्यवसाय भयो ।’
उनी भन्छिन, ‘जीवनमा श्रीमानले मलाई कहिल्ले पनि केहि दिएनन । उनलाई रक्सि खानै पुगेन ।’ घरबाट निस्केपछि टुकिमारा बनाएर बेच्न थालिन उनले । त्यसपछि २०६० सालमै तत्कालिन महिला विकास कार्यालयबाट चुलोको टेक्निसियन र टिओटी तालिम लिएपछि सुधारिएको चुलो बनाउन थालिन ।
जीवनमै परिवारबाट सहयोग र माया नपाएको मान्छे हुन उनी । बरु बाहिरका साथिभाई, छिमेकी वा अरुकै सहयोग पाईन । त्यतिबेलाले सम्झनै नसक्ने पीडा दिन्छ उनलाई । ‘कुखुरा पाले, चुलो बनाएँ, टुकिमारा बनाएँ, मासु काटें तर गलत काम गरिन । आफ्नै परिश्रममा रमाएँ । जसका कारण छोराछोरीको माया पाएकी छु’ उनी भन्छिन ।
चुलोले सम्मानित बनायो : उनी अहिले किराना पसल, गाई पालन, कुखुरा पालनसँगै चुलोको व्यापार गरिरहेकी छिन । इनर्जियाको कार्यक्रम मार्फत सिन्धुली, काभे्र र गुल्मीमा सुधारिएको चुलोको डिलरका रुपमा काम गरिरहेकी छिन । सिन्धुलीका ९ वटै गाउँपालिकामा सुधारिएको चुलो विक्री हुन्छ । हालसम्म ४ करोडको चुलो विक्री गरि सकिन । करिब १५ हजार बढी चुलो उनले नै बेचिन । यस्तै कनपा ४ मा रहेको १ विघा जमिनमा गाई फर्म, पोल्ट्री फर्म र माछा पोखरी पनि सञ्चालन गरेकी छिन । यससँगै किराना पसल पनि छ । यसको जम्मा कारोवार हेर्ने हो भने वर्षमा सवा करोडमाथि हुन्छ र आम्दानीको हिसावले हेर्दा मासिक ४० हजारमाथि नै हुन्छ । अवको लक्ष्य भनेको छोराछोरी पढ्दाको ऋण तिर्नु हो । जग्गाजमिन पुख्र्यौली छ जोड्नुपर्ने छैन । छोराछोरीको पढाई सकियो । बाँकी उनीहरुले कमाएर गर्छन भन्ने आशमा छिन अहिले ।
लैंगिक तथा दिगो उर्जाका क्षेत्रमा काम गर्ने अन्तराष्ट्रिय सञ्जाल इनर्जियाले नेपालबाट गत वर्ष उनलाई सम्मान ग¥यो । इनर्जियाले ६ जिल्लामा आफ्नो कार्यक्रम लागु भएका ८ सय उद्यमीमा उत्कृष्ट उद्यमी छानेको थियो उनलाई । वर्षमा १ डलर आम्दानी गर्नुपर्ने इनर्जियाको तार्गेटलाई ३ जना महिला उद्यमीले प्रतिस्पर्धा गर्दा उनको व्यवसायीक योजना र आम्दानी राम्रो भएपछि उनले जितिन र न्युयोर्कमा उत्कृष्ट महिला उद्यमी पुरस्कार प्राप्त गरिन । इनर्जियाले उनलाई नेपालमा पनि सम्मान गरेको थियो । ‘दक्षिण यशिया र अफ्रिकी मुलुकका पाँच उत्कृष्ट उद्यमीका रुपमा सम्मानित हुन पाउनु मेरो लागि गौरवको कुरा हो ।’ उनी भन्छिन ।
यता व्यवसायका माध्यमबाट महिला शशक्तिकरणमा योगदान दिएको भन्दै नेपालमा पनि सम्मानित भईन उनी । ‘अहिले आफुले गरेको मेहनतले आफैलाई खुशी बनाएको छ ।’
महिला उद्यमीका संगठक : सफल उद्यमी महिलाहरु जिल्लामा धेरै छन । उनीहरुका विविध समस्या छन । उनीहरुलाई व्यवसायमा सहयोग गर्नु र समस्याको पहिचान गर्नु आफ्नो कर्तव्य ठानिन निरुले । यहि सोंचका साथ जिल्लाका विभिन्न व्यवसायमा संलग्न घरेलु तथा उद्योग वाणिज्य संघमा दर्ता भई काम गरिरहेका महिला उद्यमीलाई संगठित गरिन र महिला उद्यमी संघको गठन गरिन । यसको एक कार्यकाल नेतृत्व गरि सकिन । यसमा दुध उत्पादन, स्टेशनरी, फर्निचर, पोल्ट्री, सिलाई कटाई, इलेक्ट्रिसियन लगाएतका व्यवसायहरुमा संलग्न महिलाहरु समेटिएका छन । २०७५ बैशाख १२ गते उनकै नेतृत्वमा संघ बनेको हो ।
त्यस्तै उनको अभियान अर्को पनि छ । सिपको कमी भएका महिलाहरुलाई सिपको व्यवस्था गर्नु, सिपको सदुपयोग गरि व्यवसाय गर्न प्रोत्साहन गर्नु । विभिन्न संघसंस्थाको सहयोगमा गाउँगाउँमा पुगेर त्यो काम पनि गरिरहन्छिन निरु ।
‘महिलालाई बालबच्चा, व्यवसाय, राजनीति सहज विषय हैन । यी सबै विषय सँगै लान निकै गाह्रो कुरा हो । तर पैसा सबै थोक पनि होइन । समाजसेवा, राजनीति जस्ता विषयले सामाजिक प्रतिष्ठा स्थापित गर्छ । राजनीतिले नेतृत्व विकास गर्छ । इज्जत पैसाले मात्र दिदैन । समाजसेवाले पेट भरिदैन, आवश्यकता परिपूर्ति हुदैन । त्यसका लागि पनि राजनीति समाजसेवा र व्यवसाय सँगै लानु पर्छ,’ उनको अनुभवमा ।
‘मानिसलाई सामाजिकीकरण हुन जरुरी छ । म त मलामी कमाउनका लागि राजनीति र समाजसेवा गर्छु । आफ्ना दैनिक आवश्यकता पुरा गर्न व्यवसाय ।’
उनकै भोगाईले भन्छ, महिलालाई प्रतिस्पर्धामा उछिन्न चरित्रमाथि औंला उठाइन्छ । महिलाका लागि चरित्रहत्या सबैभन्दा ठूलो सजाय हुन्छ । हाम्रो समाज महिलाका बारेमा अनुदार छ, अनावश्यक लाञ्छनालाई वेवास्ता गरेर आफ्नो काममा लागेमा मात्र महिला सफल हुन्छन ।
उनकै शब्दमा भन्ने हो भने ‘हिंसा सहेर बस्नु हुदैन । यो भन्दैमा महिलाले आफ्ना कर्तव्य र दायित्व विर्सनुपर्छ भन्ने होइन । प्रतिकार गर्नका लागि महिला आर्थिक, सामाजिक रुपमा दक्ष हुनुपर्छ र सिप, दक्षताको विकास गर्नुपर्छ । जब आर्थिक, सामाजिक र राजनीतिक रुपले आफु दक्ष भईन्छ अनि मात्र हिंसाको प्रतिकार गर्न सजिलो हुन्छ ।’ उनी भन्छिन ‘जबसम्म अर्काको भरमा बाँच्नुपर्छ हिंसाको प्रतिकार गर्ने साहस आउँदैन । जीवनमा आउने अप्ठ्यारा बाधाहरु आफैले पन्छाउनुपर्छ ।’

हिंसा पीडितलाई सुझाव : हिंसामा परेका महिलालाई निरुले आर्थिक रुपमा सक्षम रहन आग्रह गर्छिन । उनी भन्छिन, ‘महिला भएर आफुले हिनता बोध गर्ने हैन, राज्यले महिला (हामी) लाई विभेद गरेको छैन । समाजले विभेद गरेको हो । समाजको संरचनालाई चिरफार गर्दै अघि बढ्नुपर्छ’ भन्छिन, ‘आर्थिक रुपमा जबसम्म सक्षम हुदैनौं तव सम्म हिंसाले हामीलाई पछ्याईरहन्छ । आर्थिक रुपले सवल हुन आवश्यक छ ।’

टेलरिङ, प्रशिक्षक हुदै प्रदेशको नेतृत्वसम्म
तोतादेवी बोगटी (४०) सिन्धुलीकी सक्रिय महिला उद्यमी हुन । वि.सं.२०३५ सालमा सोल्पाठाना गाविस हाल फिक्कल गाउपालिका ५ मा माता धनमाया खड्का र पिता जितबहादुर खड्काको कोखबाट जन्मेकी हुन उनी । करीब १७ वर्षअघि तीनपाटन गाउँपालिका ४ घर भएका तारा बहादुर बोगटीसँग विवाह बन्धनमा बाँधिएकी बोगटीको पारिवारीक जीवन त्यति सहज भएन । विवाहको एक वर्षमा एक छोरी जन्माएकी बोगटीको छोरीको आठ महिना पालेपछि मृत्यु भयो । त्यसपछि सन्तान जन्मेनन । करीब १४ वर्षदेखि श्रीमानले अर्की श्रीमति लिएर वेपत्ता भएको खबर पाएकी बोगटी त्यसपछि बाँकी जीवनलाई सहज कसरी बनाउने भन्ने अभियानमा लागिन ।

यसै क्रममा वि.सं. २०६१ सालमा रेयुकाई नेपालबाट गाउँमै सिलाई कटाई सम्बन्धि तालिम लिएपछि २०६३ मा एउटा मेसिन राखेर तिनपाटन गाउँपालिकाको वडा नं. ११ चकमकेमा रिता टेलरिङ नामको सिलाई व्यवसाय सुरु गरेकी उनी लघु उद्यम क्षेत्रकी सफल प्रशिक्षक, उद्यमी तथा नेतृ हुन । व्यवसायीक महिलाहरु नै अबको नेतृत्वका भागिदार रहेको बताउने उनले आफ्नो जीवनकालमा धेरै उतारचढाव पनि भोगिन पारिवारीक (हिंसा) तनावका बीचमा आफुलाई उद्यमी बनाउन सफल उनले विगत ८ वर्षदेखि जिल्ला लघु उद्यमी समूह संघ सिन्धुलीको २ कार्यकाल अध्यक्ष सहित नेतृत्वमा रहेर काम गरिसकेकी छिन । आफुलाई सफल उद्यमी बनाउन लगनशिलता, दृढता र आत्मविश्वास चाहिने उनको अनुभव छ ।
करिब एकवर्ष अघि लघु उद्यमीहरुको प्रदेश स्तरीय निर्वाचनबाट ३ नं. प्रदेशको अध्यक्षको जिम्मेवारीमा रहेकी छिन । त्यहि टेलरिङलाई विकास गरेर तालिम केन्द्रका रुपमा सञ्चालन गरेकी छिन । श्रीमानले अर्की श्रीमति लिएर वेपत्ता भएपछि कसरी जिविका चलाउने भन्ने चिन्ता थियो उनलाई । जब म उद्यमी बनिन सजिलो गरि जीवन चलेको छ ।
अहिले उनको टेलरिङमा होलसेलमा विक्री पनि हुन्छ । ६ जनालाई टेलरमा रोजगारी पनि दिएकी छिन । तालिम केन्द्रका रुपमा ५, ६ वर्षदेखि सञ्चालनमा आएको टेलरिङमा मात्र हालसम्म ४ सय महिलाले तालिम लिईसकेका छन । सरकारी निकायहरु घरेलु, स्थानीय तह, हेल्भेटास लगाएतका संघसंस्थाको सहयोगमा तालिमहरु सञ्चालन गरिरहेकी हुन्छिन । प्राईभेट रुपमा पनि दैनिक ३, ४ जना महिलाहरुले तालिम लिईरहेका हुन्छन ।
कमाईले सम्पत्ति जोड्दै : ‘मेरो व्यवसायबाट सबै खर्च कटाएर मासिक कम्तिमा ३० देखि ४० हजार नाफा हुन्छ । यहि कमाईबाट चकमकेमा घर बनाएँ, सिन्धुलीमा १० धुर घडेरी किनें । ससुराले दिएको अंश बेचेर काठमान्डौको कपनमा दिदीबहिनी मिली ४ आना जग्गा जोडेकी छु ।’ उनले भनिन ।
उनको काममा ससुराको सहयोग छ । श्रीमानले अर्की श्रीमति लिएर वेपत्ता भएपछि ससुराले उनलाई नै अंश दिए । ४ वर्ष अघि उनले अंश लिइन । अहिले पनि बुहारीको काममा सहयोगी बनिरहन्छन ।
श्रीमानले धोका दिएपछि उनी उक्लै रमाउन थालिन । अब विवाह गर्ने सोंचमा छैनन । ‘विहे गरुँला फेरी पनि समस्या उस्तै होला बरु एक्लो ठिक छु’ उनी भन्छिन । समाज र महिला उद्यमी व्यवसायीका लागि काम गर्ने उनको अभियान छ । यो अभियानलाई नेतृत्व गर्न एक्लो हुदा झनै सजिलो भएको छ । ‘हिजो कुरा काट्नेहरु आज रिता जस्तो हुनुपर्छ भनेर उदाहरण दिन्छन । यसले पनि खुशी उत्साह दिन्छ’ उनले थपिन ।
जिल्लामा ४ हजार ४० जना लघु उद्यमी मध्ये ३ हजार ३५ लघु उद्यमी महिला छन । ती महिलाहरु जिल्लाका सफल उद्यमी पनि हुन । विशेष गरि महिला उद्यमी नै जिल्लाका पहिचान बनेका छन । उनीहरुका विशेषत ः बाँसका हस्तकला, फाइबर, टपरी दुना, दुग्ध उत्पादन, तरकारी खेति, खाद्य आइटम, ढाका उद्योग, चाउमिन, जुनारको उत्पादन, लगाएतका उद्यमहरु राम्रो फस्टाएका छन ।
उनीहरु मध्येका धेरै महिलाहरु पारिवारीक, आर्थिक, सामाजिक हिंसा कहिँ न कहिँ भोगेका छन । कसैले कमी वा कसैले बढी मात्र हो, रिता भन्छिन ।
‘आर्थिक समृद्धिका लागि उद्यमशिलता नै उपयुक्त बाटो हो । यसले आर्थिक समृद्धिको बाटो खोल्छ । यसका साथै सिप र नेतृत्व विकासको पाटो पनि सँगै हुने हुँदा अबको देशको नेतृत्व गर्ने व्यक्ति नै लघु उद्यमी हुन ।
हिंसामा परेका महिलाहरुले उद्यमशिलतामा आए पछि परिवारको माया पाउन थालेका छन । कतिपयले थप हिंसा भोगेका हुन सक्छन तर जति महिला हिंसाका कारण जीविको धान्न उद्यम विकासलाई रोजे उनी सफल भएका छन । उनीसँग कति महिला उद्यमीहरु हिंसउा पीडित छन भन्ने एकीन तथ्यांक भने छैन ।
तर ‘धन र सिप नै हिंसासँग लड्ने औजार हुदोरहेछ । महिलालाई आर्थिक शसक्तिकरण नै महत्वपूर्ण रहेछ’ भन्ने बुझेकी छिन ।

टिकादेखि सहकारीको नेतृत्वसम्म
बिमला थापा (४०) लघु उद्यम क्षेत्रमा सिन्धुलीमा चिनिएको नाम हो । १२ वर्ष अघि मेडेपले गृहिणी महिलालाई टिका बनाउने तालिम दिन थालेको थाहा पाएकी कनपा ५ मधुटारकी थापा उक्त तालिममा सहभागि भईन । घरधन्दा गर्ने, छोराछोरी हुर्काउने काममा व्यस्त उनलाई श्रीमानले पठाएको पैसाले जोहो चल्दैनथ्यो । एक एक रुपैंयाको हिसावले त झनै तनावमा हुन्थिन उनी । यस्तै तनावले विथोलिएकी उनले विदेशमा रहेका श्रीमानलाई पनि कुरिनन र उक्त तालिममा सहभागि भईन । छोराछोरीलाई सासुको जिम्मा लगाएर दिउँसोको समयमा व्यवसाय क्षमता विकास तालिम लिएकी थापालाई तालिमले आँटिलो बनायो । तालिमबाटै लघु उद्यममा कम लगानी र धेरै आम्दानीको सम्भावना पनि देखिन ।
श्रीमानले पठाएको पैसाले घर चलाउन धौ धौ भएको बेला उनले पाएको तालिमको सदुपयोग गरि आयमा जोडिने निधो गरिन । श्रीमान विदेशमै भएका बेलामै व्यवसाय सुरु गरिन । टिका बनाउने सिप पाएकी उनले त्यतिबेला ४ हजार लगानी गरेर व्यवसाय थालेकी हुन । उनलाई त्यो व्यवसाय सञ्चालन गर्न श्रीमान सासु लगाएतका परिवारका सदस्यले सहयोग नै गरेनन ।
यहि व्यवसाय सञ्चालन गरेका कारण परिवारमा ठूलै द्वन्द्व नै भयो तर उनले व्यवसाय गर्न छोडिनन । उनी भन्छिन, ‘समाज र परिवारमा टिकाटिप्पणी धेरै भयो, त्यसलाई वास्ता नगरी बाहिर निस्कें ।’ ‘घरमा बसेर व्यवसाय फस्टाउन गाह्रो थ्यो, उनले थपिन, बजारका लागि सम्बन्ध स्थापित गर्न बाहिर निस्कें ।’ ‘घरमा गाली गलौज र तनाव हुदा पनि सत्य सत्य नै हुन्छ’ भनेर आँट गरेको हुदाँ अहिले यो स्थानमा छु, उनले भनिन ।
व्यवसायमा लागेपछि राम्रै आम्दानी हुन थालेको थियो । त्यतिबेलै उनले जिल्लाका लघु उद्यमीहरुको संस्था जिल्ला लघु उद्यमी समूह संघ सिन्धुलीको नेतृत्व लिईसकेकी थिइन । २ कार्यकाल अर्थात ४ वर्ष उनले त्यो संस्थाको अध्यक्ष भएर उद्यमीहरुको हितमा काम गरिन । उनले टिका छोडेर २०६४ मा नै सौगात गृह तथा सातु उद्योग स्थापना गरिन । जसको उद्देश्य उद्यमीका उत्पादनलाई बजारसँग जोड्नुका साथै आफ्नो उद्योग सञ्चालन गर्नु थियो । अहिले पनि उनको व्यवसाय कनपा ६ को धुराबजारमा चलिरहेको छ ।
उनको उद्योग अहिले ‘अर्गानिक’ उद्योगका रुपमा स्थापित छ । त्यहाँ सिजन र चाडबाड अनुसारका खाद्यान्नका तयारी सामान बन्छन । मेला महोत्सवहरुमा थापाले आफै नेतृत्व गरि व्यवसाय सञ्चालन गर्छिन । धेरै मेला महोत्सवमा सम्मानित भएकी छिन । हरेक शनिबार सिन्धुलीमाढीमा लाग्ने हाटबजारमा अर्गानिक खाद्य सामग्री तयारीका रुपमा विक्री वितरण पनि गर्छिन । त्यहाँ उनका श्रीमान पनि उनको मेहनतले सफल हुदै गएको व्यवसायमा सहयोग गर्छन । ५ जनाको परिवार पाल्ने, छोराछोरी पढाउने सबै खर्च त्यहि उद्योगबाट जोहो हुन्छ । उनको उद्योगमा सामान्य परिवारका ३ जना महिलाले पनि रोजगार पाएका छन ।
फापरको पिठो, विभिन्न प्रकारका सातु, मकैको पिठो, च्याख्ला, सर्वोत्तम पिठो, अचारका लागि तयारी गरिएको आलस, तिलको छोप, बेसारको धुलो, बाह्र मसला, लोकल जातका दालहरु, अचार लगाएतका अन्य स्थानीय उत्पादनलाई तयारी बनाएर बेच्छिन उनी । यस्तै खुवाको ललिपप उनको पछिल्लो समय चर्चामा छ । उनले सिजनल चाडपर्व विशेष खानेकुराको व्यापार पनि गर्छिन । बजारका लागि स्थानीय बजार नै काफी छ । काठमान्डौमा पनि उनको सामानको माग र बजार छ । ‘सामान पु¥याउनै धौ धौ छ’ उनले भनिन, ‘माग पुरा गर्नका लागि सधै लागि पर्छु, कहिल्लै व्यवसाय चलेन भन्ने चिन्ता छैन ।’
उनको व्यवसायले ४० लाख बार्षिक कारोबार गर्छ । सरदर ५०, ६० हजार मासिक आम्दानी हुन्छ उनको । उनी भन्छिन, ‘समयमै परिवारको सहयोग पाएको भए धेरैलाई रोजगारी दिन सक्थें, ३, ४ वर्षदेखि मात्र व्यवसायमा राम्रो प्रगति भएको छ ।’ ‘परिवारको सहयोग व्यवसायमा महत्वपूर्ण हुदोरहेछ’, उनको निश्कर्ष छ ।
सहकारीमार्फत लघु उद्यमीको नेतृत्व : थापाले २०७२ सालमा लघु उद्यमीहरुलाई सौगात लघु उद्यम सहकारीमा आवद्ध गरिन । उनको नेतृत्वमा चलेको उक्त सहकारीको पूँजी १ करोड माथि छ । उनी अहिले पनि सहकारीको अध्यक्ष छिन । ८५ जना सदस्य सहकारीमा आवद्ध छन । लघु उद्यमबाट केहि हुदैन भन्ने सहकारीका सदस्यहरुलाई पनि व्यवसाय केहि हो भन्ने आभास दिलाउन सफल भएको उनले बताईन । ५ जना महिलाले सहकारीमा रोजगारी पाएका छन । ५५ जना कृषि, तरकारी, सेवामूलक र उत्पादनमूलक लघु उद्यममा आवद्ध छन ।
सहकारीका सदस्यले उत्पादनले बजार पाएन भने बजारीकरण सहकारीले नै गरिदिन्छ । उनको सहकारी लघु तथा घरेलु उद्यममा उत्कृष्ट छ । सरकारी अनुदान पनि बेला बेला पाईरहन्छ । केहि दिन अघि घरेलु तथा साना उद्योग विकास समिति सिन्धुलीले सफल उद्यमीका रुपमा यो वर्ष पनि सम्मान गरेको छ ।

भन्छिन, ‘व्यवसायी भएकै नाताले पुरस्कृत भएकी छु । मेरो टिम नै पुरस्कृत हुन पुगेको छ ।’ हिंसा पीडित महिलालाई उद्यमी बन्न सुझाव दिदै उनी भन्छिन, हामीले सासुले यस्तो गर्नुभो, जेठानीले यस्तो गर्नुभो, ससुराले यस्तो गर्नु भो भनेर बस्नुभन्दा पनि व्यवसायी बनौं, उद्यमशिल बनौं । हामीले गरेको क्रियाकलापलाई हेरेर हाम्रा परिवारजनले आफै सकारात्मक हुनेछन र सहयोग गर्नेछन ।
सिन्धुलीमा यी उदाहरणीय महिला हुन । जो परिवारको सहयोग विना पनि सफल उद्यमी व्यवसायी, सफल नेतृत्वका रुपमा स्थापित छन । र हिंसा प्रभावित महिलाहरुका लागि प्रेरणाका स्रोत बनिरहेका छन । उनीहरुले आफ्ना सन्तानलाई पनि उचित अविभावकत्व दिइरहेका छन ।
कस्तो छ घरेलु हिंसाको अवस्था ?
जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्यांकलाई हेर्ने हो भने आर्थिक वर्ष ०७३÷०७४ देखि २०७५÷०७६ सम्म जिल्लामा घरेलु हिंसाबाट १ सय ५७ जना महिलाहरु पीडित छन । घरेलु हिंसाबाट प्रभावित हुनेमा ५० जना महिलाहरु खानलाउन नपाउने, घरखर्च नदिने लगाएतको आर्थिक हिंसाबाट पीडित छन । यस्तै शारीरिक यातना पाउने ६६ र मानसिक यातना पाउने ५१ जना महिला छन ।

दर्ता भएका मुद्दा मध्ये ११३ वटा मुद्दाका महिलाहरु मिलापत्र गरेर फेरी घरमा फर्केका छन । घरेलु हिंसा भोगेका ती महिलाहरुसँग जोडिएका .बालबालिकाहरुमा समेत हिंसा र अभावको प्रभाव परेको छ । धेरै बालबालिकाहरु खानलाउन नपाउने, स्कुल शिक्षा नपाउने, अविभावकको माया ममता नपाउने गरेको पाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी चक्र बहादुर सिंहले बताए । उनी भन्छन, बालबालिका यति नै प्रभावित छन भन्ने तथ्यांक त छैन तर मानसिक र आर्थिक असर परेको छ । ‘महिलालाई आर्थिक रुपले होस वा चेतनाका हिसाबले सशक्तिकरण गर्न आवश्यक छ । महिलाहरु पनि सक्षम हुन सके हिंसाबाट पीडित हुने अवस्था नआउन सक्छ ’ सिंहले भने । (यो फिचर क्रियाशिल पत्रकार महिलाको सहयोगमा तयार गरिएको हो ।)

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सुस्त नीजि आवास पुनःनिर्माण, करिब नौ अर्व खर्च, ५७ प्रतिशत प्रगति

Next Post

प्रेस संगठनको प्रदेशमा सिन्धुलीका पाँचजना

सम्बन्धित खबरहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता
Featured

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ
Featured

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना
Featured

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न
Featured

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

भर्खरै प्राप्त समाचारहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied