• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, May 2, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

नेकपा सिन्धुलीको दोस्रो बैठकद्वारा गरियो कार्यविभाजन, कस–कसले पाए के के जिम्मेवारी ?

बिमला पाण्डे by बिमला पाण्डे
मंसिर २९, २०७६
in Featured, Politics, Province 3
0

Share via:

189 Shares
  • Facebook 189
  • Twitter
  • LinkedIn
  • More
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जिम्मेवारी बाँडफाड गरेको छ । शनिबार सिन्धुलीमाढीमा बसेको पार्टीको दोस्रो पूर्ण बैठकले जिम्मेवारी सहित महत्वपूर्ण १३ वटा निर्णय गरि बैठक सम्पन्न गरेको छ ।
बैठकले आफ्ना कार्यकर्ता तथा नेतालाई पार्टीको आधिकारीक धारणा भन्दा बाहिर रहेर पार्टी र सरकारविरुद्ध सामाजिक सञ्जाल, सार्वजनिक स्थल वा अन्य कुनै स्थानमा कुनै पनि अभिव्यक्ति नदिन निर्देशनात्मक निर्णय गरेको छ । पार्टीको आधिकारीक धारणा बाहिर अभिव्यक्ति दिएमा कारवाहि गर्ने निर्णय समेत गरेको छ । पछिल्लो समय पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ताहरुबाटै पार्टी र सरकारको विरुद्धमा सामाजिक सञ्जाल, सार्वजनिक स्थलमा अभिव्यक्तिहरु बढ्न थालेपछि त्यस्तो निर्णय गरिएको नेकपा सिन्धुलीका अध्यक्ष लेखनाथ दाहाल (राजन) ले बताए ।

पार्टी अध्यक्ष दाहालको अध्यक्षता एवम् प्रदेश नं. ३ का इन्चार्ज अष्टलक्ष्मी शाक्य, सहइन्चार्ज हितमान शाक्य र काशिनाथ अधिकारी ३ नं. प्रदेश अध्यक्ष नारायण दाहाल, सचिव आनन्द पोखरेलको उपस्थितिमा भएको बैठकले पूर्व एमाले र पूर्व माओवादी भन्ने चिन्तनलाई मेटाउँदै ६ महिने पार्टी सुदृढिकरण, जनसम्बन्ध सुधार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
यस्तै बैचारिक राजनीतिक काम, संगठनात्मक काम, जनपरिचालन, विकाससँग सम्बन्धित काम गर्ने निर्णय गरेको दाहालले बताए । नेकपाले निर्वाचित जनप्रतिनिधि र नेता कार्यकर्तालाई पार्टी प्रशिक्षण दिने र पार्टीको नीति सिद्धान्त र चुनावी घोषणा पत्रका आधारमा काम गर्न सहजीकरण गर्ने निर्णय समेत गरेको छ ।
सचिवालयमा चारजना थप
यस्तै बैठकले सचिवालयमा ४ जना सदस्य थप गरेको छ । ४५ सदस्यीय सचिवालयमा ४ जना थप गरि ४९ सदस्यीय सचिवालय बनाईएको छ । सचिवालयमा मञ्जु देवकोटा, रश्मिला देवकोटा, सुस्पा भुजेल र केशव लोहारलाई थप गरिएको अध्यक्ष दाहालले जानकारी दिए ।
यसरी गरियो जिम्मेवारी बाँडफाँड
पार्टी एकीकरणपछि जिम्मेवारी विहिन बनेका नेकपाका नेताहरुले अब जिम्मेवारी पाएका छन । नेकपा सिन्धुलीको दोस्रो बैठकले उनीहरुलाई जिम्मेवारी तोकेको हो । जसमा सघिय निर्वाचन समिति, प्रदेश निर्वाचन समितिका संयोजक र सचिव तोकिएको छ भने ९ स्थानीय तह स्तरमा पालिका इन्चार्ज सहइन्चार्ज तोकिएको छ । यस्तै २५ वटा विभागिय समितिहरुका प्रमुख र सचिवको जिम्मेवारी समेत तोकिएको छ ।
जसमा संघिय निर्वाचन समिति क्षेत्र नं. १ को संयोजकको जिम्मवारी कुमार बहादुर कार्की र सचिवको जिम्मेवारी ज्वालाप्रसाद न्यौपानेलाई दिईएको छ । त्यस्तै क्षेत्र नं. २ मा संयोजक पानीराज बम्जन र सचिव विनोद खड्कालाई जिम्मेवारी दिईएको छ ।
त्यस्तै प्रदेश निर्वाचन समितिको संयोजक र सचिवको जिम्मेवारी पनि बैठकले तोकेको छ । जसमा निर्वाचन क्षेत्र नं. १ क मा संयोजक दिल बहादुर विश्वकर्मा, सचिव रमेश देवकोटा, निर्वाचन क्षेत्र नं. १ ख मा संयोजक नारायण बराल, सचिव जानुका तिमल्सिनालाई जिम्मेवारी दिइएको छ ।
यसैगरि निर्वाचन क्षेत्र नं. २ को क मा संयोजक रमेश कार्की, सचिव सविता कोइराला र २ को ख मा संयोजक हरिश्चन्द्र देवकोटा, सचिव श्रीलाल माझीलाई जिम्मेवारी तोकिएको छ ।
बैठकले गाउँपालिकाका इन्चार्ज सहइन्चार्जको समेत जिम्मेवारी बाँडफाँड गरेको छ । जसमा कमलामाई नगरपालिकाको इन्चार्ज महेन्द्रदेव श्रेष्ठ, सहइन्चार्ज यमकुमार देवकोटा, दुधौली नगरपालिकाको इन्चार्ज मातृका भट्टराई र सह इन्चार्ज नारायण अधिकारी दनुवार, फिक्कल गाउँपालिकाको इन्चार्ज खड्ग रजन मगर र सह इन्चार्ज पार्वती सुनुवार, गोलञ्जोर गाउँपालिकाको इन्चार्ज शंकर बराल र सहइन्चार्ज सोमप्रसाद बराल, सुनकोशी गाउँपालिकाको इन्चार्ज रामकृष्ण श्रेष्ठ र सहइन्चार्ज दिपा बोहोरा, घ्याङलेख गाउँपालिकाको इन्चार्जमा अच्युत श्रेष्ठ, मरिण गाउँपालिकाको इन्चार्ज रामकुमार उप्रेती र सहइन्चार्ज विमर्श मोक्तानले जिम्मेवारी पाएका छन ।
यस्तै तिनपाटन गाउँपालिकाको इन्चार्ज अशोक पुलामी र सह इन्चार्ज टुक्त बहादुर पुलामी, हरिहरपुरगढी गाउँपालिकाको इन्चार्ज ज्ञान बहादुर राई र सहइन्चार्ज सन्तली राईलाई तोकिएको छ ।
कुन विभागको जिम्मेवारी कसलाई ?
नेकपाको बैठकले प्रमुख मानिएका विभागहरुको जिम्मेवारी पनि तोकेको छ । संगठन विभाग प्रमुखमा सूर्य पाख्रिन, सचिवमा गणेश रत्नलाई जिम्मेवारी दिइएको छ । यस्तै प्रचार विभाग प्रमुख प्रलाद कुमार पोखरेल र सचिवमा काजिमान थिङले जिम्मेवारी पाए । स्कुल विभाग प्रमुखमा ज्वाला प्रसाद न्यौपाने र सचिवमा अर्जुन बरालले जिम्मेवारी पाएका छन । यस्तै आर्थिक विभाग प्रमुखमा विरोधसिंह मोक्तानलाई दिईएको छ भने सचिवको जिम्मेवारी तोकिएको छैन ।
यस्तै विद्यार्थी विभाग प्रमुख टिकाजंग थापा र सचिव हेम कार्की, युवा तथा खेलकुद विभाग प्रमुख घनश्याम बस्नेत, सचिव लक्ष्मण हायु, निर्वाचन विभाग प्रमुख टंकविक्रम थापा, उद्योग विभाग प्रमुख रामकृष्ण श्रेष्ठ, स्थानीय विकास विभाग प्रमुख घनश्याम राउत, वन तथा वातावरण विभाग प्रमुख कर्ण घिसिङ, खानेपानी तथा सरसफाई विभाग प्रमुख केदार बहादुर कार्की, श्रम तथा रोजगार विभाग प्रमुख रोशन श्रेष्ठ, कृषि तथा भूमिसुधार विभाग प्रमुख राधा तिमल्सिना, उपभोक्ताहित तथा आपूर्ति विभाग प्रमुख कमल दाहाल, कानुन न्याय तथा मानवअधिकार विभाग प्रमुख नारायण बराल, भौतिक योजना तथा यातायात विभाग प्रमुखमा दिनेश अधिकारीले जिम्मेवारी पाएका छन ।
यी सहित २५ विभागका प्रमुखहरुको जिम्मेवारी बैठकले तोकेको छ भने महिला विभाग सहित ५ विभागको जिम्मेवारी तोक्न बाँकी रहेको अध्यक्ष दाहालले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सुमो दुर्घटनामा एकको मृत्यु, एक घाइते

Next Post

निःशुल्क कपडा वितरण

सम्बन्धित खबरहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता
Featured

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ
Featured

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना
Featured

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न
Featured

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

भर्खरै प्राप्त समाचारहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied