सिन्धुली । गोलञ्जोर गाउँपालिका वडा नं. ६ देउरालीटारमा सुमो दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन ।
शुक्रबार राती साढे १० बजे मध्यपहाडि लोकमार्ग अन्तर्गत हलेसीबाट काठमान्डौ जाँदै गरेको सुमो दुर्घटना भएको हो ।
सडकमा ना१ज६९८५ को सुमो चिप्लिएको र किन चिप्लियो भनि रोकेर हेर्ने क्रममा सोहि दिशाबाट आउँदै गरेको पूर्वाधार विकास कार्यालय रामेछापको प्रदेश ३–०१–००२ झ ४६९९ नं.को गाडीले ठक्कर दिदा सुमो चालक रामेछाप नगरपालिका वडा नं. ७ सुकाजोरका ५० वर्षिय शिव बहादुर कार्कीको मृत्यु भएको हो । उनको उपचारका क्रममा शुभजीवन अस्पताल खुर्कोटमा मृत्यु भएको हो ।
यस्तै सोहि दुर्घटनामा परि सुमोमा रहेका सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका वडा नं. २ का कमल खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । खड्काको अवस्था गम्भिर भएकाले नर्भिक अस्पताल काठमान्डौमा उपचारका लागि लगिएको छ । उनको आएसियुमा राखि उपचार भईरहेको छ ।




















