• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, October 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

हरिहरपुरगढी र सिन्धुलीगढी जोड्ने पदमार्ग निर्माण सुरु

बिमला पाण्डे by बिमला पाण्डे
असार ८, २०७६
in Featured, Society
0

Share via:

50 Shares
  • Facebook 50
  • Twitter
  • LinkedIn
  • More
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सिन्धुली । हरिहरपुरगढीलाई ऐतिहासिक सिन्धुलीगढीसँग जोड्ने करिव ७५ किलोमिटर लामो पदमार्गको औपचारिक रुपमा निर्माण सुरु गरिएको छ । पदमार्गको पूर्व कृषिमन्त्री तथा सांसद हरिबोल गजुरेलले निर्माण कार्य सुरु गरेका हुन । पूर्वमन्त्री तथा सांसद गजुरेल, प्रदेश नं. ३ का सांसद राजन दाहाल, विनोद खड्का, बुद्धिमान माझी राजनीतिक दलका नेताहरु, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम लगाएतले करिब १ किलोमिटर पदयात्रा समेत गरेका छन ।

ऐतिहासिक हरिहरपुरगढीलाई सिन्धुलीगढीसँग पर्यटकीय पदमार्गका रुपमा विकास गर्न पदमार्ग निर्माण गर्न सुरु गरिएको हो । तत्कालीन मकवानपुरका राजा हेमकर्ण सेनले स्थापना गरेको घण्टे महादेव (हेमकर्णेश्वर) रहेको स्थानबाट पदमार्ग सुरु गरिएको हो । स्थानीय विकास साझेदारी कार्यक्रम अन्तर्गत सांसद हरिवोल गजुरेलले ४० लाख रुपियाँ पदमार्गका लागि विनियोजन गरेका छन । मदन भण्डारी मार्गको घण्टेबाट ऐतिहासिक हरिहरपुरगढी एक घण्टा पैदल दुरीमा छ ।
तत्कालीन गोर्खाली सेनाले अंग्रेजी सेनालाई परास्त गरेको सिन्धुलीगढी सदरमुकाम सिन्धुलीमाढीबाट २० किलोमिटर दुरीमा छ । यो पदमार्गले दुवै गढीलाई जोड्ने छ । नेपाल एकिकरणका क्रममा तत्कालीन गोर्खाली सैनिकहरू हिँडेका ऐतिहासिक स्थलहरूलाई पर्यटकीय पदमार्गले जोड्ने योजना अनुसार पहिलो खण्ड हरिहरपुरगढीको घण्टेदेखि हात्तीढुंगासम्म पदमार्ग निर्माण सम्पन्न भईसकेको छ ।
पदमार्ग निर्माणमा दैनिक १ सय जनाभन्दा बढी उपभोक्ता डेढ महिनासम्म खटिएको पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष लीलानाथ घिमिरेले बताए । पदमार्गको सुरुवात स्थल घण्टेमा कलात्मक प्रवेशद्वार बनाइएको छ । त्यस्तै खोरभञ्ज्याङ र जितपुरमा काठको कलात्मक प्रतीक्षालय निर्माण गरिएको छ ।
खोरभञ्ज्याङको प्रतीक्षालय घन्टे र पीपलमाढीबाट जाने पदयात्रीलाई सुविधा हुने गरी दोबाटोमा बनाइएको छ । जितपुरको डाँडामा बनाइएको प्रतीक्षालयबाट दक्षिणतिरको मरिण फाँट, चुरे र तराईको दृष्यावलोकन गर्न सकिन्छ । यहाँबाट उत्तरी क्षेत्रको हिमालय पवर्त श्रृङ्खलासमेत देखिन्छ । धरान–चतरा जोड्ने मदनभण्डारी लोकमार्गमा पर्ने घन्टेबाट पदमार्ग सुरु हुन्छ ।
चौधौं सताब्दीमा बनाइएका हरिहरपुरगढी र सिन्धुलीगढीलाई जोडेर पर्यटन प्रबद्र्धन गर्न पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष लीलानाथ घिमिरेले बताए । हरिहरपुरगढी किल्ला हरिसिंहदेवले विक्रम संवत १३८१ मा बनाएका थिए । बाराको सिम्रौनगढमा बंगाल मुसलमानको भिषण आक्रमणबाट सिम्रौनगढ राज्यको पतन भएपछि बाराका तत्कालित राजा हरिसिंह सिन्धुली आएर सानो किल्ला बनाएर बसेका थिए । त्यही किल्लाले राज्यको रूप लिएको थियो । यस किल्लालाई राजा हरिसिंह देवकै नामबाट हरिहरपुरगढी भन्न थालियो । झण्डै ७ सय बर्षअघि बनेको यो किल्ला पुरानै स्वरुपमा जस्ताको तस्तै छ । सिन्धुलीगढीले तत्कालीन ब्रिटिस सेनालाई १८२४ मा पराजित गरेको इतिहास बोकेको छ ।
नेपालको इतिहासमा महत्वपूर्ण अर्थ राख्ने दुई गढीलाई जोडेर पदमार्ग निर्माणले सिन्धुलीको पर्यटन, आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण टेवा पुग्ने गजुरेलले विश्वास व्यक्त गरे । यस्तै, हरिहरपुरगढी गाउँपालिका अध्यक्ष कारसाङ लामाले पर्यटनको गुरुयोजना बनाएर हरिहरपुरगढीको विकासमा गाउँपालिकाले योजनाबद्ध रुपमा काम थालेको बताए । नेकपा (नेकपा) का केन्द्रीय सदस्य तथा हरिहरपुरगढी संरक्षण समितिका अध्यक्ष कमलजंग राईले घण्टे, गढी लगायत हरिहरपुरगढी क्षेत्रको ऐतिहासिक महत्वको खोजविन गरिन थालिएको बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

एक हजार ४२ जनाको मोतियाविन्दुको नि:शुल्क अप्रेशन

Next Post

अरे ! केहि त बोल

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied