सिन्धुली । सिन्धुलीमा सञ्चालित मिडियाले आचारसंहिता उलंघन नगरेको प्रेस काउन्सिल नेपालका सदस्य इश्वरी ओझाले बताए । प्रेस काउन्सिल नेपालले नेपाल पत्रकार महासंघ सिन्धुलीको संयोजनमा सिन्धुलीमाढीमा गरेको पत्रकार आचारसंहिता सम्वाद कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएका हुन ।


कार्यक्रममा जिल्लाका पत्रकारहरुले वर्गिकरणमा आएको समस्या, रेडियो, अनलाईन वर्गिकरण गर्नुपर्ने, स्वरोजगार मिडियालाई काम गर्न सहज वातावरण तयार गर्नुपर्ने, लोककल्याणकारी विज्ञापनको भुक्तानीलाई सहज बनाईनुपर्ने, पत्रपत्रिका नियमन, अनुगमन र तथ्यांक व्यवस्थापनको जिम्मा जिल्ला हुलाक कार्यालय, जिल्ला प्रशासन कार्यालयलाई दिइनुपर्ने लगाएतका सुझाव दिएका थिए । यस्तै मोफसलका मिडिया सञ्चालक तथा पत्रकारलाई क्षमता विकास गर्न काउन्सिलले ध्यान दिनुपर्ने सुझाव समेत दिएका थिए ।
काउन्सिलका सदस्य चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष राजन कार्कीले स्वागत गरेका थिए ।



















