सिन्धुली । बैदेशिक रोजगारको शिलशिलामा विदेशमै मृत्यु भएकाका ५६ जना बालबालिकाले छात्रावृत्ति पाएका छन ।
२०७५ सालमा बैदेशिक रोजगार विभागले जारी गरेको सूचनाको आधारमा तत्कालिन जिल्ला शिक्षा कार्यालयले माग गरेको निवेदन उपर ५६ जनाले निवेदन दिएकोमा सवैको लागि छात्रावृत्ति रकम आएको हो । शिक्षा विकास तथा समन्वय कार्यालय मार्फत ५६ जना बालबालिकालाई छात्रावृत्ति रकम प्रदान गर्ने काम भइरहेको कार्यालयले जनाएको छ ।
बैदेशिक रोगजारीको समयमा मृत्यु भएकाहरुको बालबच्चाको पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले विभागले यस्तो नीति लिएको कार्यालयले जनाएको छ । विभागले माध्यामिक तहमा अध्ययनरत विद्यार्थीका लागि १२ हजार र त्यसभन्दा तल्लो कक्षमा अध्ययनरत विद्यार्थीको लागि आठ हजारका दरले छात्रावृत्ति पठाएको कार्यालयका अधिकृत नेत्रप्रसाद गजुरेलले बताए । जिल्लामा माध्यामिक तहको छात्रावृत्ति पाउने आठ जना छन् । जिल्लामा जम्मा ५६ जना विद्यार्थीको लागि चार लाख ८० हजार रुपैयाँ छात्रावृत्ति आएको उनले बताए ।



















