सिन्धुली । ओरेक नेपाल सिन्धुलीले जिल्लाका नागरिक समाजका अगुवा, पत्रकार, स्थानीय जनप्रतिनिधि तथा कर्मचारीहरुका बीचमा मानवअधिकार सुनिश्चितता ः राज्यको दायित्व विषयमा कार्यशाला गरेको छ ।
आइतबार सिन्धुलीमाढीमा भएको उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय दायित्व संयन्त्र : आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार र महिला हिंसा विरुद्ध भेदभाव उन्मुलन (सिड) समितिले नेपाल सरकारलाई दिएको निश्कर्ष वा सुझाव कार्यान्वयन सम्बन्धमा छलफल भएको थियो ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा भएको उक्त कार्यक्रममा स्थानीय स्तरमा लैंगिक नीति निर्माण हुनुपर्ने, न्यायीक तथा अर्धन्यायीक निकायहरुको काम प्रभावकारी बनाइनुपर्ने, स्वास्थ्य, शिक्षा, सुरक्षा र अन्य अधिकारहरुलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने लगाएतका सवालमा छलफल भएको थियो ।
कार्यशालामा ओरेक नेपालका कार्यकारी निर्देशक अभिराम राय र ओरेकका संचिता तिमल्सिनाले सहजीकरण गरेका थिए ।





















