सिन्धुली । दुधौली नगरपालिका वडा नं. ३ को निपाने कालापानीकी एक महिलालाई श्रीमानले छिमेकी महिलाको सहयोग लिएर कुटपीट तथा यौन दुव्र्यवहार गरेका छन । ४४ वर्षिय डस्नी कुमँरलाई बैशाख ३० गते श्रीमान ५० वर्षिय सञ्चा कुमँरले छिमेकी २७ वर्षिय बेलवति कुमँरको सहयोगमा श्रीमतिमाथि कुटपीट तथा दुव्र्यवहार गरि घाईते बनाएका छन ।
बैशाख ३० गते मदिरा सेवन गरि घरमा आएर श्रीमति डस्नीलाई भुँईमा लडाई छातिमाथि चढि लात्ति र मुड्कीले कुटपीट गर्नुका साथै भात, दाल, अचार यौनीमा कोचिदिएको पीडितले बताईन । ‘आफुलाई श्रीमानले विगत २, ३ वर्षदेखि अर्की श्रीमति ल्याउँछु, तँ बुढी भईस भन्दै कुटपीट गर्दै आएको’ पीडित डस्नीले बताईन ।
त्यस्तै उनका श्रीमानले छिमेकी महिला वेलवतिले श्रीमानको आदेशमा ३१ गते घरमा आई ढुंगाले हानेर थप घाईते बनाएपछि वडा सदस्य धन कुमारी घिमिरे, मेलमिलापकर्ताहरु सहित पीडित महिलाका छोरा हिरन कुमँर र दाजु लुदा कुमँरले बुधबार जिल्ला अस्पताल सिन्धुलीमा उपचारका लागि ल्याएका छन । पीडक बेलमतिका श्रीमान बैदेशिक रोजगारमा छन ।
पीडितको उपचार एकद्वार संकट व्यवस्थापन केन्द्रको सहयोगमा जिल्ला अस्पतालमा भईरहेको छ भने जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्र सिन्धुलीमा पीडक विरुद्ध उजुरी दर्ता भएको छ । थप घाउजाँच केश गरेर कारवाहि अगाडि बढाईने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी चक्र बहादुर सिंहले बताए ।




















