• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, October 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सञ्चार क्षेत्र आन्दोलित, प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने कानूनहरु फिर्ता गर्न माग

बिमला पाण्डे by बिमला पाण्डे
बैशाख २८, २०७६
in Featured, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली/सरकारले संसदमा टेवल गरेको मिडिया काउन्सिल विद्येयक फिर्ता लिन माग गर्दै देशभरका पत्रकारहरु आन्दोलित बनेका छन । संचार माध्यम स्वतन्त्र हुनु पर्छ भन्ने वहस भइरहेका बेला नेपालमा कानुनबाट पत्रकारलाई कस्ने गरी मिडिया काउन्सिलसम्बन्धी विधेयक संसदमा दर्ता भएपछि पत्रकारसम्वद्ध संघ संस्थाले बिरोध गरेका छन् । पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको छ ।
पत्रकारितामा दुई दशकभन्दा बढी बिताएका गोकुल बास्कोटा सञ्चारमन्त्री भएका बेला सरकारमार्फत प्रेसलाई नियमन गर्ने ढंगले आएको विधेयक शुरुमै आलोचित बनेको छ । संसदमा आउन बाँकी रहेको आमसञ्चारसम्बन्धी छाता ऐनको विधेयकमा झन धेरै आपत्तिजनक प्रावधानहरु राखिएका छन् ।


कर्मचारीले मस्यौदा गरेको विधेयकलाई सञ्चार मन्त्रालय हुँदै कानुन र अर्थ मन्त्रालयबाट स्वीकृत भएर मन्त्रिपरिषदले पारित गरेको हो । गत बैशाख २ गते नै मन्त्रिपरिषदले मिडिया काउन्सिलसम्बन्धी विधेयक संसदमा पेश गर्न स्वीकृति दिएको थियो । यो विधेयक विहीबार प्रतिनिधिसभामा पेश भएको छ ।
के छ प्रस्तावित मिडिया काउन्सिल ऐनमा ?
विशेषगरी प्रस्तावित विधेयकको दफा १८ मा जरिवाना गरी क्षतिपूर्ति भराइदिन सक्ने भन्ने प्रावधानले पत्रकारिताको विश्वव्यापी मान्यता र नेपालको संविधानको समेत उल्लंघन गरेको आरोप सरोकारवालाहरुको छ । अदालतले गर्ने दण्ड जरिवानाको काम पनि सरकार मातहतको काउन्सिलबाट गराउन खोजिएको छ ।
मिडिया काउन्सिलले पत्रकारका लागि आचारसंहिता जारी गर्ने र त्यो आचारसंहिता विपरीत कुनै सामाग्री प्रकाशन प्रसारण भएमा सम्बन्धित पक्षको उजुरीका आधारमा २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने उल्लेख छ । यो प्रावधान यसअघि प्रेस काउन्सिल ऐनमा थिएन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन


हाल प्रेस काउन्सिल स्वायत्त संस्थाको रुपमा छ । प्रेस काउन्सिलले नयाँ मिडियालाई समेट्न नसकेको भन्दै सरकारले मिडिया काउन्सिल बनाउन लागेको छ । मिडिया काउन्सिललाई अर्धन्यायिक निकायका रुपमा स्थापित गर्दै दण्ड जरिवाना तोक्नेसम्मको अधिकार दिन लागिएकोमा पत्रकार महासंघले आपत्ति जनाएको छ ।
तर, प्रतिनिधि सभामा दर्ता हुने प्रक्रियामा गएको ‘मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले मिडिया काउन्सिललाई नेपाल सरकारले निर्देशन दिन सक्ने र नेपाल सरकारले दिएको निर्देशन पालना गर्नु काउन्सिलको कर्तव्य हुने विधेयकको दफा २९ मा उल्लेख छ ।
नेपाल सरकारले देशको आमसञ्चार नीति अनुकूल स्वस्थ, स्वतन्त्र, मर्यादित र उत्तरदायी पत्रकारिताको विकास तथा सम्वद्र्धन गर्दै पेशागत आचरण कायम राख्नका लागि काउन्सिललाई आवश्यक निर्देशन दिन सक्नेछ’, विधेयकको दफा २९ मा उल्लेख छ, ‘नेपाल सरकारको निर्देशन पालना गर्नु काउन्सिलको कर्तव्य हुनेछ ।’
यस्तै, काउन्सिलको अध्यक्षका लागि नाम सिफारिस गर्न सञ्चार मन्त्रालयका सचिवको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति रहने प्रस्तावित व्यवस्था छ ।
कानुन, सूचना प्रविधि वा सामाजिक क्षेत्रमा ख्याति प्राप्त व्यक्तिहरु मध्येबाट मन्त्रालयले तोकेको एक जना र वरिष्ठ पत्रकारहरुमध्येबाट एक जना उक्त सिफारिस समितिको सदस्य रहने प्रावधान राखिएको छ ।हालको प्रेस काउन्सिललाई नेपाल मिडिया काउन्सिल बनाउने पनि विधेयकमा व्यवस्था गरिएको छ ।
हुलाक विभाग जस्तो बनाउन खोजियो
संविधान विपरीत पत्रकारलाई दण्डित गर्ने खालको प्रावधान राखेर दर्ता भएको मिडिया काउन्सिल सम्बन्धी बिधेयक जस्ताको त्यस्तै पारित भए कुनै पनि पत्रकार सुरक्षित नहुने चिन्ता पत्रकारिताका अगुवाहरुको छ ।
हरेक समाचारमा कुनै पक्षको चित्त नबुझ्न सक्छ । भ्रष्टाचार, अनियमितता, बेथितीका समाचारमा सरकारका कुनै न कुनै अधिकारीहरु जोडिन्छन् । आफूलाई आरोपित गरेर लेखएका समाचारलाई उनीहरुले आचारसंहिता विपरीत भन्दै उजुरी गर्ने र सरकार निर्दे्शित काउन्सिलले जरिवाना तोक्ने अवस्था आयो भने नेपालमा पत्रकारिता नै जोखिममा पर्ने विज्ञहरुको बताउँछन् ।
प्रेस काउसिन्लका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले सरकारले प्रेस काउन्सिललाई सञ्चार मन्त्रालयको शाखा कार्यालय बनाउन खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । ‘प्रस्तावित व्यवस्था जस्ताको तस्तै अगाडि बढे प्रेस काउन्सिललाई सञ्चार मन्त्रालयको शाखा कार्यालयको रुपमा परिणत हुन्छ ।’ श्रेष्ठले भने ।
अध्यक्षको नियुक्तिको सिफारिस सञ्चार सचिवको संयोजकत्वको समितिले गर्ने प्रावधानले काउन्सील सञ्चारमन्त्रीको इच्छा भन्दा बाहिरका व्यक्ति पुग्न नसक्ने र काउन्सीलमा मन्त्रीको छायाँमा पर्ने उनी बताउँछन् । ‘यो व्यवस्थाले काउन्सिलले मन्त्रीको इच्छा भन्दा बाहिर गएर काम गर्न पनि सक्दैन’, श्रेष्ठ भन्छन, ‘काउन्सिललाई हुलाक सेवा विभाग जस्तै बनाउन खोजिएको छ ।’
अर्धन्यायिक स्वायत्त निकायका रुपमा काउन्सिलले गलत गरेको अवस्थामा सरकारलाई औंला ठड्याउने, समयाअनुकूल नियम बनाउन सुझाव दिँदै आएको र यो अतरराष्ट्रिय अभ्यास समेत रहेको उनले बताए ।
यसको विरुद्ध अब के गर्नुहुन्छ त ? भन्ने प्रश्नमा श्रेष्ठ भन्छन, ‘यो व्यवस्थाका विषयमा बहस हुँदा सरकार आफैँ बदनाम हुन्छ । संसदमा सांसदहरुले कुरा उठाउँछन् । र संशोधन हुन सक्ने प्रकृया पनि छँदैछ ।’
सरकारले संसदमा लैजानुअघि आफूहरुसँग छलफल समेत नगरेको उनको गुनासो छ ।
पत्रकार महासंघ आन्दोलित
यसैवीच सरकारले संसदमा दर्ता गरेको विधेयक फिर्ता हुनुपर्ने माग गर्दै पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ आन्दोलित बनेको छ । शुक्रबार सिनामंगलस्थित महासंघको केन्द्रीय कार्यालयमा सरोकारवालाहरुसँगको छलफलपछि अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ ।
महासंघले मिडिया काउन्सिलसम्बन्धी विधेयक संसदबाट फिर्ता ल्याएर सरोकारवालाहरुसँग छलफल गर्नुपर्ने माग गरेको छ । त्यसैगरी यसअघि नै संसदमा प्रस्तुत गरिएका विज्ञापनसम्बन्धी ऐन र सूचना प्रविधिसम्बन्धी ऐनमा रहेका प्रेस स्वतन्त्रताविरोधी प्रावधानहरु हटाउन पनि महासंघले माग गरेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सरकारले आर्थिक, राजनीतिक र चिन्तनको अराजकता फैलायो : कांग्रेस वरिष्ठ नेता पौडेल

Next Post

कमलामाई नगरपालिकाको ‘एक घर एक तान’ अभियान

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied