सिन्धुली / राष्ट्रिय सुचना प्रविधि दिवस सिन्धुलीमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसका अवसरमा कम्पुटर एशोसिएसन नेपाल महासंघ जिल्ला शाखा सिन्धुलीले रक्तदान गरेको छ । शाखामा आवद्ध १० जनाले रक्तदान गरेका हुन् । रगतको अभावमा कुनै नागरिकले अकालमा ज्यान फाल्न नपरोस भनेर सुचना प्रविधि दिवसको अवसरमा रक्तदान गरिएको कम्पुटर एशोसिएसन नेपाल महासंघ जिल्ला शाखा अध्यक्ष अजय श्रेष्ठले जानकारी दिए । अस्पतालमा उपचार गराएका विरामीलाई रगतको अभाव हुन नदिन आज रक्तदान गरिएको उनको भनाई रहेको छ । आपतकालीन अवस्थालाई मध्यनजर गर्दै मानवीय सहयोगको रुपमा रक्तदानमा गरिएको श्रेष्ठले बताए । एशोसिएसनमा अवद्ध ब्यबसायिहरुले रगत दान जीवन दान भन्ने नाराका साथ रक्तदान गरेका हुन् ।
यसैबिच आज राष्ट्रिय सुचना प्रविधि दिवसको अवसरमा कम्पुटर एशोसिएसन नेपाल महासंघ जिल्ला शाखा सिन्धुलीले सिन्धुलीमाढीमा प्रभातभेरी कार्यक्रम गरेको छ । प्रभात फेरी खुल्ला मञ्चबाट सुरु भई १ नम्बर बजार, २ नम्बर बजार, माझिटार, शान्तिनगर चोक हुदै खुल्लामञ्चमा आएर कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई संबोधन गर्नु हुदै कम्प्युटर एशोसियसन नेपालका जिल्ला अध्यक्ष श्रेष्ठले मानव जीवनका लागि अत्यन्तै उपयोगी र नभई नहुने आवश्कताको रुपमा विकास भईरहेको सूचना प्रविधिको विकास तथा विस्तारले मुलुकको छिटो छरितो समृद्धि हासिल गर्न योगदान पु¥याउने भएकाले सरकारले सुचना प्रविधिलाई गाउगाउमा पु¥याउनु प्राथमिकता दिनुपर्ने बताए ।
उनले सुचना प्रविधिको सही प्रयोगलाई प्रोत्साहन गर्न गराउन तयार समेत रहेको बताए । पछिल्लो समय सुचना तथा प्रविधिको तीव्र विकासले हरेक क्षेत्रमा उल्लेख्य योगदान पुरयाएपनि यसको दुरुपयोग थप चुनौतिको विषय बनेको भन्दै दुरुपयोग रोक्न सुचना प्रविधि अपराध सम्बन्धि बिद्यमान कानुन र नीति नियम बारे सतना जगाउनु पर्ने मा जोड दिए ।




















