सिन्धुली । १३० औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा बुधबार कमलामाई नगरपालिका सिन्धुलीमा कार्यरत २० जना र सिन्धुली जिल्ला अस्पताल सिन्धुलीमा कार्यरत १७ जना गरि ३७ जना सरसफाई मजदुरहरुलाई सम्मान गरिएको छ ।

कार्यक्रममा प्रदेश नं. ३ का सांसद एवम् नेकपाका केन्द्रीय सदस्य राजन दाहाल, प्रदेश नं. ३ का सांसद प्रदीप कटुवाल, कमलामाई नगरपालिकाका मेयर खड्ग खत्री र सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद कुमार पोखरेलले संयुक्त रुपमा सम्मान गरेका हुन । मजदुरहरुलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो ।




















