सिन्धुली । १३० औं अन्तराष्ट्रिय मजदुर दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । आठ घण्टा काम आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनका साथै समान ज्याला र उचित ज्यालाको माग सहित अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) सिन्धुली र नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सिन्धुलीको आयोजनामा सिन्धुलीमाढीमा ¥यालीको आयोजना गरिएको छ ।
¥यालीले सिन्धुलीमाढी बजार परिक्रमा गरेपछि अन्तत्र्रिmया कार्यक्रम गरिएको छ । जिफन्ट कमलामाई नगरपालिकाका अध्यक्ष निरु श्रेष्ठको अध्यक्षता तथा प्रदेश सांसद राजन दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मजदुरहरुले सामाजिक सुरक्षा, बिमा, समान कामका लागि समान ज्याला र उचित ज्यालाको माग गरेका छन । उनीहरुले सरकारले मजदुरहरुलाई ठग्ने ठेकेदार तथा निर्माण कम्पनीलाई कारवाहिको दायरामा ल्याउन समेत माग गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद राजन दाहालले श्रमिकहरुका पक्षमा सरकारले एक वर्षको अवधिमा सामाजिक सुरक्षा ऐन र श्रम ऐन बनाएर पास गरी नयाँ कामको सुरु गरेको बताए । उनले श्रमिकहरुको हितमा जग बसेको र अवको चार वर्षमा घर बनाईने बतााए । उनले उचित पारिश्रमिक, समान ज्याला, विदा, उपचार, बिमा लगाएतका क्षेत्रमा उल्लेख्य काम हुने बताए । नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष समेत रहेका दाहालले मजदुरहरुको एकता नै अजय शक्ति र बल भएको बताए ।
कार्यक्रममा जिफन्टका प्रदेश नं. ३ का सदस्य शिव थापाले मजदुरहरुको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए भने क्युपेकका अध्यक्ष कर्ण बहादुर कार्की, पेशागत महासंघ सिन्धुलीका अध्यक्ष टोमप्रसाद काफ्ले लगाएतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा यातायात मजदुर तथा महिला नेतृ रेखा गौतमले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन ।
मजदुर दिवसमा रक्तदान
यसैबीच जिफन्ट र अन्टुफको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाईटी सिन्धुलीको सहकार्यमा सिन्धुलीमाढीमा बुधबार रक्तदान कार्यक्रम गरिएको छ । उक्त कार्यक्रममा ३७ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका राम बहादुर हायुले बताए । ‘सबै श्रमिक र रोजगारदाताहरुलाई आह्वान, सामाजिक सुरक्षामा सूचिकरण हाम्रो अभियान’ भन्ने नाराका साथ कार्यक्रमको आयोजना गरिएको थियो ।





















