• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, October 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

जुत्ता सिलाएको कमाईले खान लाउन धौधौ छ

बिमला पाण्डे by बिमला पाण्डे
बैशाख १९, २०७६
in Business, Featured
0

Share via:

39 Shares
  • Facebook 39
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । महोत्तरीको औरहि ६ बैरियाका नागेन्द्र राम (३७) सिन्धुलीमाढीको वसपार्कको छेउँमा जुत्ता सिलाउने काम गर्छन । उनले आउने ग्राहकका जुत्तामा पोलिस लगाउँछन । तलुवा फेर्छन । उनले यसो गरेको निकै लामो समय भयो । उनलाई एकीन वर्ष त याद भएन तर राजाको सन्तान मारेको वर्ष (वि.सं.२०५८) भन्दा ४, ५ वर्ष पहिलेदेखि सिन्धुलीमा यसरी जुत्ता सिलाउँदै आएको सम्झन्छन । अलि अलि अक्षर चिनेका उनले परिवारको दैनिक खर्च टार्नका लागि जुत्ता मर्मत गर्न थालेका हुन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

पढाईबारे सोध्दा भन्छन, ‘खेतवारी छैन त कसरी पढ्नु ?’ ‘पेट पाल्नका लागि कमाउने धुनमा लागें, खाने कुरा ठूलो थ्यो’ उनले सम्झे । ३ सन्तानका बाबु उनले जुत्ता मर्मतबाट दैनिक ४ सय देखि १ हजार रुपैंयासम्म दैनिक कमाउँछन । त्यो कमाईले कोठा भाडा तिर्नु खानु लाउनु र छोराछोरी पढाउनु धौ धौ नै छ उनलाई ।
उनी जस्तै अर्का जुत्ता सिलाउने महोत्तरीको गौशालाका राजकुमार राम (३२) ले सिन्धुलीका हाटबजारहरुमा जुत्ता सिलाउन थालेको १४, १५ वर्ष भयो । नियमित रुपले सिन्धुलीमाढीमै बसेर दिनहुँ जुत्ता सिलाउन थालेको भने २ वर्ष भएको छ । जुत्ता सिलाएर कमाएको पैसाले ४ जनाको परिवार पालेका छन । २ जना छोराछोरीलाई सरकारी स्कुलमा पढाउँछन । दैनिक ४ सय देखि हजार, १२ सय कमाउने उनको कहिले काँहिं कमाई नै हुदैन । कमाएको पैसाले मनग्य खर्च गर्न पुग्दैन । भन्छन, ‘पुग्न त पुग्दैन, दुखम सुखम् चलिराछ ।’ परिवार महोत्तरीको घरमै छन उनका । १०, १५ दिनमा घरमा जान्छन, खर्च दिन्छन अनि फर्कन्छन काममा । सडकको छेउँमा व्यवसाय चलाउँछन उनी । शनिबार सिन्धुलीमाढीमा लाग्ने जनता हाटबजारमा पनि जुत्ता, छाता सिउँछन । नगरपालिकाले कहिले काँ जा भन्छ, कहिले काँ ? गाह्रो पनि छ उनीहरुलाई । शनिबार हाटमा भने ५० रुपैंया कर तिर्छन अरु दिन नगरपालिकालाई पैसा दिनु पर्दैन । जुत्ता सिलाउनका लागि चाहिने सामान्य सामान पनि सिन्धुलीमा पाइदैन । जनकपुर, काठमान्डौ या त भारतका बजारमा सामान लिन पुग्छन ।
राजकुमारसँग नयाँ जुत्ता बनाउने सिप पनि छ । तर पसल खोल्न पैसा नभएका कारण सडकमै जुत्ता सिलाई रहेका छन । भन्छन, ‘पसल खोल्न पैसा छैन । विना धितो बैंकले ऋण दिन्न । धितो राख्न जमिन छैन सिप भएर के गर्नु ?’ उनले सरकारले सिपको सम्मान नगरेको गुनासो गर्न पनि भ्याए ।
उनीहरुको जस्तै पेशा गर्दै आएका महोत्तरीको औरहि ६ बैरियाका विन्देश्वर राम (४२) ले बैदेशिक रोजगारीमा ५ वर्ष विताए । ४ वर्ष कतार र १ वर्ष मलेसिया बसेका उनले बाबुकै पुरानो पेशा अंगालेर निरन्तरता दिएका छन । दुखा राम (७०) सँगै, उनी, उनको छोरा सञ्जय राम (१७) र भतिजा विजय राम (२८) ले सिन्धुलीकै बसपार्क छेउँमा लामो समयदेखि जुत्ता सिलाउने काम गरिरहेका छन । तीन पुस्ता नै यहि पेशामा रहेका विन्देश्वर भन्छन, ‘मेरो छोरा (सञ्जय) लाई पढाउन धेरै कोशिस गरें, पढेन । कमाउन त प¥यो । नागरिकता बनाएर विदेश पठाईदिन्छु ।’ उनका छोराले कक्षा ५ मा पढ्दा पढ्दै छोडे । सम्पत्तिको नाममा बुवाको नाममा २ कठ्ठा जमिन छ । दुई भाई दाजु भाईले बुवाको त्यहि जमिनमा छुट्टाछुट्टै घर बनाएर मजदुरी गरि परिवार पालेका छन । ४ छोरी र २ छोराका बाबु उनले अरु सबै छोराछोरी पढाई रहेका छन । २ छोरीको विहे गरिदिए । बाँकी रहेका परिवारको खर्च बाबुछोराको कमाईले धानेको छ ।
विन्देश्वरले विदेशबाट आएर जुत्ता मर्मतको काम गरे । यो काम गरेको १०,१२ वर्ष भयो । कहिले कमाई ३ सय देखि ७, ८ सय हुन्छ, कहिले हुदै हुदैन । परिवार पाल्न जेनतेन कमाईले पुग्छ, खेतिपाती छैन ।
यहि पेशामा पनि समस्यै समस्या छन उनको भोगाईमा । कहिले हातमा सुइया (सियो) ले गोप्छ । सामान सिन्धुलीमा पाउँदैन, जनकपुर, काठमान्डौ या त इन्डिया जानुपर्छ ।
यसरी सिन्धुलीमाढीमा जुत्ता सिलाउनेहरु बैरियाका मात्रै ६ जना छन । महोत्तरी जिल्लाका मात्रै १२, १३ जना छन । सबैको आर्थिक अवस्था नाजुक छ । भने जति कमाई नहुँदा उनीहरुलाई कहिलेकाँहि खर्च धान्न पनि गाह्रो हुन्छ । पछिल्लो समयमा व्यापारमा पनि कमी आएको छ । ‘व्यापार त चल्छ, कम्ति चल्छ,’ विश्देश्वर भन्छन, ‘जहाँ कमाई हुन्छ, त्यहिं जानुपर्छ ।’ उनी हरेक शुक्रवार सिन्धुलीकै भिमान बजारमा लाग्ने हाटमा पनि जुत्ता सिलाउन पुग्छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

एकजना खरिदारको भरमा चल्दै न्यायीक समिति

Next Post

विभिन्न कार्यक्रम गरि मजदुर दिवस मनाईयो

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied