
धनुषाको जनकपुरबाट काठमाण्डौंतर्फ जांदै गरेको ना८ख२८३२ नम्बरको हायस अनियन्त्रित भई सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
दुर्घटनामा परि घाईते हुनेहरुमा धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका वडा ४ बस्ने २९ बर्षिय आलोक ठाकुर, जनकपुर उपमहानगरपालिका–१३ का २० वर्षिय भास्कर चौबे, क्षिरेश्वरनाथ नगरपालिका– १ का ३५ वर्षिय पुश्प कुमार साह, उनका छोरा ३ वर्षिय रघुनाथ साह, जनकपुर उपमहानगरपालिका–४ का ४८ वर्षिय अमान राजपुत, सोहि स्थानका २३ बर्षिय रबिराज साह घाईते भएका छन ।
त्यस्तै ललितपुर महानगरपालिका–२५ बस्ने ५१ वर्षिय कृष्ण प्रसाद आचार्य, उनको श्रीमती ४५ बर्षिय कल्पना पण्डित, धनुषा औरही गाउँपालिका–२ बस्ने २२ बर्षिय संजय कुमार यादब, जनकपुर उपमहानगरपालिका–११ बस्ने ३५ वर्षिय सिलादेबी शाह र धनुषा छिरेश्वर नगरपालिका–१ कि २० वर्षिय मिनु शाह घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।
घाइतेमध्ये आलोक ठाकुर, भास्कर चौबे र सिलादेबी शाहको अवस्था गम्भिर रहेको सिंहले जानकारी दिए । उनिहरुलाई खुर्कोट स्थित सामुदायिक अस्पतालमा उपचार गराई थप उपचारका लागि काठमाण्डौं स्थित ग्राण्डी अस्पताल रिफर गरिएको छ ।




















