• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, September 12, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

महिला दिवस नै थाहा छैन ‘सरसफाई महिला’ लाई

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
फाल्गुन २३, २०७५
in Featured, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली / कमलामाइ नगरपालिका सिन्धुलीले बुधबारदेखि अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाईरहेको छ । दिवसका अवसरमा बुधबार नगरपालिकाको सभाहलमा महिलाका कानुनका विषयमा छलफल भईरहदा नगरपालिकाको सरसफाई क्षेत्रमा काम गर्ने श्रमिक महिलाहरु भने यो विषयमा अनविज्ञ थिए ।
हरेक दिन विहान ४ बजेदेखि १० बजेसम्म र दिउँसो १ बजेदेखि ५ बजेसम्म उनीहरुलाई कामको समय नगरपालिकाले निर्धारण गरेको छ तर उनीहरुलाई श्रमिक महिलाका हितका बारेमा जानकारी नै छैन । हलकै तल्लो तलामा रहेको वातावरण शाखामा भेटिएका ती महिलाहरुले ‘केहि कार्यक्रम हामीलाई थाहा हुदैन’ एकै स्वरमा भने ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
कमलामाई नगरपालिकामा कार्यरत महिला स्वीपर (सरसफाईका महिला)

श्रमिक महिला दिवस के हो ? कहिले मनाईन्छ र केका लागि मनाईन्छ उनीहरुलाई थाहा छैन । ‘थाहा त त्यति छ जागिर स्थायी भईदिने हुन्थ्यो, नगरपालिकाले उनीहरुलाई अरु कर्मचारी सरह विदा लगाएतका सुविधा देओस ।’
दैनिक ज्यालादारीमा काम गर्ने यहाँका सरसफाई कर्मचारीहरु यतिबेला तलबी भएका छन । सरसफाई अर्थात सडक सफा गर्ने महिला र पुरुष कर्मचारीबीचमा श्रम र ज्यालामा विभेद छैन तर पनि नगरपालिकाले दिन सक्ने धेरै सुविधा पाउन नसकेको गुनासो छ उनीहरुको ।
श्रम ऐन अनुसार हरेक कामदारले रोजगारदाताबाट श्रमिकले पाउने आधारभूत पारिश्रमिकको आधारमा उपदान, सञ्चयकोष वा सामाजिक सुरक्षा सम्बन्धि हकको व्यवस्था गरेको छ । उनीहरुको माग पनि त्यहि व्यवस्थासँग मिल्दोजुल्दो छ ।
सरसफाई कर्मचारी अनिता मल्लिक भन्छिन – ‘कामबाट खुशी छौं, हातमुख जोड्न पाएका छौं, घरभाडा तिर्न पुगेकै छ दुख सुख त हुन्छ नै तर बुढेसकालमा कता जानु ? त्यसको पीर छ ।’ ‘उपादान दिन र स्थायीका लागि नगरपालिकाले व्यवस्था गरिदिए हुने जस्तो लाग्छ’ उनले थपिन ।

नगरपालिका कार्यालय भित्र सरसफाई गर्दै सरसफाई कर्मचारी अनिता मल्लिक ।

महिलाका विशेष अवस्था हुन्छन, सुत्केरी, महिनावारी यस्तै । यस्तो अवस्थामा उनीहरुलाई उचित विदाको व्यवस्था छैन । महिनावारीका बेलामा काम गर्न निकै गाह्रो हुने उनीहरुको भोगाई छ । ‘गाह्रो भयो’ भन्दैन उनीहरु । राधिका खत्री भन्छिन, ‘भन्नै लाज लाग्छ ।’ चाडबाडमा सरसफाई कर्मचारीले अरु कर्मचारी सरह विदा पनि पाउँदैनन । शनिबार विदा पाउँछन तर उनीहरुलाई विरामी विदा छैन । ‘विशेष अवस्थामा महिलाले विदा पाउनु अधिकार हो’ भन्ने समेत उनीहरुलाई जानकारी छैन ।
विदाका दिनमा लगाईएको कामको थप ज्याला भने उनीहरुले पाउँदैनन । उनीहरुलाई काम लगाउँदा पाउने सेवा सुविधाको कुनै सर्त छैन । श्रम ऐनलाई हेर्ने हो भने कामदारको अनुमति लिएर काम लगाउन सकिने र त्यसरी बढी समय काममा लगाउँदा नियमित रुपमा काम गर्दा पाउने आधारभूत पारिश्रमिकको डेढी पारिश्रमिक दिनु पर्ने व्यवस्था छ ।
कमलामाई नगरपालिकाका वातावरण शाखा प्रमुख प्रकाशचन्द्र कार्की भन्छन, नगरपालिकाले दैनिक ज्यालादारीबाट अस्थायी कर्मचारी बनाएको छ । तर त्यसको कुनै सर्त छैन । शनिबार विदा दिने गरिएको छ । चाडवाडमा काम हेरेर थोरै धेरै विदाको व्यवस्था नगरपालिकाले गरेको छ ।
कमलामाई नगरपालिकाले यो वर्षदेखि कर्मचारीलाई पोशाक भत्ता भने दिन थालेको छ । सरकारी कर्मचारीले पाउने सुविधा उनीहरुले पाउँछन । विमाको लागि १० हजार छुट्टाएको छ । बिमा गराउने तयारी भएको छ । सरसफाईमा चाहिने सामान पनि नगरले उपलब्ध गराउँछ । कार्कीका अनुसार सरसफाईको कामको कुनै टुंगो र समय नहुने हुँदा विदाका बारेमा नगरपालिकाले कुनै मापदण्ड बनाएको छैन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

न्यायिक सम्पादन तथा मेलमिलाप सम्बन्धि तालिम

Next Post

दुधौली नगरपालिका पूर्णखोप घोषणा

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied