• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, October 27, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
अशोज २८, २०८३
in Business, Featured, Health, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । बीपी राजमार्ग आसपासका होटल, रेस्टुरेन्ट तथा खाद्य पसलहरूमा अनुगमन तीव्र बनाईएको छ । दशैंमा विपी राजमार्ग हुँदै यात्रा गर्ने यात्रुहरुलाई स्वच्छ, सुरक्षित र गुणस्तरीय खाद्य पदार्थ उपलब्ध गराउने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सिन्धुलीको अगुवाईमा अनुगमनलाई तिव्र बनाएको हो ।

कार्यालयले जिल्ला अनुगमन समितिसँगको समन्वयमा अनुगमन गरिएको जनाएको छ । जिल्ला अनुगमन समितिको टोलीले सुनकोशी तथा आसपासका क्षेत्रमा खाद्य बजार र होटलहरूको स्थलगत अनुगमन गरेको थियो । केहि समय अघि पनि अनुगमन टोलीले विपी राजमार्ग क्षेत्रमा अनुगमन गरेको थियो ।

https://esajhanepal.com/wp-content/uploads/2026/10/WhatsApp-Video-2026-10-14-at-9.13.46-PM.mp4

मंगलबार सुनकोशी गाउँपालिका, गोलन्जोर गाउँपालिका तथा घ्यांङ्लेख गाउँपालिका आसपासका खाद्य पसल, होटल, रेस्टुरेन्ट र भोजनालय गरी १४ वटा व्यावसायिक प्रतिष्ठानको अनुगमन गरिएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

अनुगमनका क्रममा केही पसल तथा होटलमा म्याद गुज्रिएका खाद्य वस्तु फेला परेका छन् । त्यस्ता खाद्य वस्तु जफत गरी नष्ट गर्नुका साथै ती व्यवसायीलाई कारवाहि समेत गरिएको छ । सूर्यवंशी किराना पसल सुनकोशीलाई १५ हजार रुपैयाँ, शिव दर्शन होटल एण्ड गेस्ट हाउसलाई ५ हजार रुपैयाँ तथा गंगा जमुना किराना स्टोर घ्याङ्लेखलाई एक लाख रुपैयाँ जरिवाना गरिएको छ ।

अनुगमनका क्रममा सुनकोशी गाउँपालिका–३ स्थित सूर्यवंशी किराना पसलबाट ११ हजार ३३० रुपैयाँ, गोलन्जोर गाउँपालिका–७ स्थित सुनकोशी स्टोरबाट १४० रुपैयाँ, गोलन्जोर गाउँपालिका–७ स्थित शिव दर्शन होटल एण्ड गेस्ट हाउसबाट २२५ रुपैयाँ, गोलन्जोर गाउँपालिका–७ स्थित न्यू सनराइज होटल एण्ड गेस्ट हाउसबाट ५४० रुपैयाँ तथा घ्याङ्लेख गा.पा.१, सिन्धुली स्थित गंगा जमुना किराना स्टोरबाट म्याद गुज्रिएका र लेबल विवरण नभएका १ लाख १८ हजार ८ सय ९० रुपैयाँ बराबरका खाद्य वस्तु नष्ट गरिएको थियो । दुई व्यवसायीलाई अनुगमनकै क्रममा कारवाहि गरिएको थियो भने गंगा जमुना किराना स्टोरलाई बुधबार जिल्ला प्रशासन कार्यालयमा बोलाई जरिवाना गरिएको थियो ।

अनुगमनका क्रममा व्यवसाय दर्ता, खाद्य वस्तुको म्याद, सरसफाइ तथा खाद्य स्वच्छता सम्बन्धी अवस्थाको निरीक्षण गरिएको थियो । व्यवसायीहरूलाई खाद्य स्वच्छताका मापदण्ड पूर्ण रूपमा पालना गर्न, पसल तथा भान्साको सरसफाइमा विशेष ध्यान दिन, मूल्यसूची राख्न र पूर्ण लेबल विवरण भएका खाद्य वस्तु मात्र खरिद तथा बिक्री गर्न निर्देशन दिइएको छ ।

त्यसैगरी होटल तथा भोजनालय सञ्चालकलाई भान्सामा काम गर्दा एप्रोन, मास्क र हेडनेट प्रयोग गर्न, पकाइएका खानेकुरा छोपेर राख्न, शाकाहारी तथा मांसाहारी परिकार छुट्टाछुट्टै राख्न र भान्सामा उचित हावा निकासको व्यवस्था गर्न निर्देशन दिइएको छ ।

बीपी राजमार्ग हुँदै आवतजावत गर्ने यात्रु तथा सर्वसाधारणको खाद्य सुरक्षालाई ध्यानमा राख्दै होटल तथा रेस्टुरेन्टहरुको अनुगमनबाट उपभोक्तालाई सुरक्षित, स्वच्छ तथा गुणस्तरीय खाद्य सामग्री उपलब्ध गराउन व्यवसायीलाई जिम्मेवार बनाउनुका साथै खाद्य स्वच्छता सम्बन्धी नियमको पालना सुनिश्चित गर्न जोड दिइएको छ । उपभोक्तालाई पनि खाद्य सामग्री खरिद गर्दा उत्पादन तथा उपभोग्य मिति, लेबल विवरण र गुणस्तर जाँच गरेर मात्र खरिद गर्न आग्रह गरिएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

Next Post

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

चाडपर्व लक्षित बजार अनुगमनः चार व्यवसायी कारवाहिमा
Featured

चाडपर्व लक्षित बजार अनुगमनः चार व्यवसायी कारवाहिमा

भर्खरै प्राप्त समाचारहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied