सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ११ मा रहेको प्राथमिक विद्यालय, फाल्चुरी खट्टारले सामाजिक परिक्षण तथा बालबालिकालाई ट्रयाकसुट वितरण गरेको छ ।
विद्यालयले शुक्रबार आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परिक्षण गर्नुका साथै सोहि आर्थिक बर्षको विनियोजित बजेटबाट बालबालिकाका लागि ट्रयाकसुट वितरण गरिएको हो । कार्यक्रममा विद्यालयका २६ जना बालबालिकालाई ट्रयाक सुट वितरण गरिएको छ । कनपा ११ वडा कार्यालयको आर्थिक सहयोगमा विद्यालयले बालबालिकालाई ट्रयाकसुट वितरण गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन बहादुर योन्जनको अध्यक्षता तथा कमलामाई नगरपालिका–११ का वडा सदस्य अजय दोङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दोङले विद्यालयमा पढ्ने बालबालिकालाई ट्रयाक सुट वितपरण गरेका हुन् ।
विद्यार्थीहरूको शैक्षिक तथा सर्वाङ्गीण विकासमा सहयोग पु¥याउने र उनीहरुमा थप उत्साह र ऊर्जा थप्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा वडाका जनप्रतिधि, शिक्षक अभिभावक संघका पदाधिकारी तथा सदस्य, शिक्षक, विद्यार्थी तथा अभिभावक र स्थानीयहरुको सहभागितामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा विजया दशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्व २०८३ को शुभकामना समेत आदान प्रदान गरिएको थियो ।




















