सिन्धुली । नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखा तथा मातहतका उपशाखाहरुले रसुवा बाढी पीडितको सहयोगार्थ सरकारलाई ४ लाख ५३ हजार २२९ रुपैयाँ रकम हस्तान्तरण गरेका छन् । प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ मार्फत प्रधानमन्त्री राहत तथा उद्धार कोषमा रेडक्रसले रकम हस्तान्तरण गरेको हो ।
भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावितहरूको राहतका लागि उक्त रकम हस्तान्तरण गरिएको हो ।
रेडक्रसले उक्त रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको बैंक भौचर प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई बुझाएको हो ।
नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका सभापति अशोक श्रेष्ठका अनुसार जिल्लाका विभिन्न उपशाखा, कार्यसमितिका पदाधिकारी तथा कर्मचारीहरूको सक्रिय सहभागितामा उक्त रकम जुटाइएको हो ।






















