सिन्धुली/नेपाल पत्रकार महासंघको पोखरामा विहिबारदेखि सुरु भएको बार्षिक साधारणसभा तथा विधान अधिवेशनमा सिन्धुली शाखालाई सम्मान गरिएको छ । साधारणसभाको उद्घाटन कार्यक्रममा पत्रकार महासंघका गतिविधिलाई व्यापक र प्रभावकारी बनाउन योगदान दिएको भन्दै शाखालाई सम्मान गरेको हो ।
राष्ट्रिय संमृद्धिका लागि सञ्चारःगुणात्मक व्यवसायीक र सुरक्षित पत्रकार भन्ने नाराका साथ पोखरामा भईरहेको अधिवेशनको उद्घाटनमा ३ नं. प्रदेशको सिन्धुली शाखालाई सम्मानपत्र प्रदान गरिएको हो । उद्घाटन कार्यक्रममा सभामुख कृष्ण बहादुर महराले जिल्ला शाखाका सचिव विदुर पौडेललाई शाखाको सम्मानपत्र प्रदान गरेका हुन ।
साधारणसभाले विभिन्न उत्कृष्ट काम गरेका शाखाहरुलाई समेत सम्मान गरेको छ । शुक्रबारसम्म चल्ने साधारणसभाले महासंघलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा लाने गरि संशोधन हुन लागेको विधानलाई पास गर्ने छ ।




















