• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, October 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

महिला तथा बालबालिका विरुद्ध हुने हिंसामा प्रभावकारी अनुसन्धान र अभियोजन गर्न सिन्धुलीका महिलाहरुको माग

उर्मिला दियाली by उर्मिला दियाली
भदौ ८, २०८३
in Featured, News, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुली जिल्लाका विभिन्न महिला अधिकारसँग सम्बन्धित संघसंस्थाहरु, राजनीतिक दल आवद्ध महिला संगठनहरु लगाएतले महिला तथा बालबालिकामाथि बढ्दो बलात्कार, हत्या, लैङ्गिक हिंसा र हराउने घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै सोमबार गृहमन्त्री समक्ष सात बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरुले महिला तथा बालबालिकाविरुद्ध बढ्दो हिंसा, बलात्कार र हत्याका घटनामा शून्य सहनशीलता अपनाई प्रभावकारी अनुसन्धान, अभियोजन, न्याय र कडा कारबाहीको माग गर्दै संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।

निमित्त प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेल मार्फत गृह मन्त्रालयलाई पठाइएको ज्ञापनपत्रमा नेपालको संविधानले जीवन, सुरक्षा, समानता र सम्मानपूर्वक बाँच्न पाउने मौलिक हक सुनिश्चित गरे पनि पछिल्लो समय देशभर भएका जघन्य घटनाले नागरिकको न्याय प्रणालीप्रतिको विश्वास कमजोर बनाएको उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा अपराध अनुसन्धानमा हुने ढिलाइ, प्रमाण संकलनको कमजोरी, राजनीतिक तथा सामाजिक प्रभाव र अभियोजन प्रक्रियाको सुस्तताले पीडितले समयमै न्याय नपाउने अवस्था सिर्जना गरेको भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

ज्ञापनपत्रमा बाराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या, सप्तरीकी दुई वर्षीया खुशी खातुनको हत्या तथा सिन्धुलीको गोलञ्जोर गाउँपालिकाकी ६ वर्षीया बालिकामाथिको बलात्कार प्रकरणजस्ता घटनाले दण्डहीनताको चिन्ता बढाएको जनाइएको विज्ञप्तीमा उल्लेख छ । उनीहरुले जिल्लामा आर्थिक वर्ष २०८२/८३ मा सिन्धुली जिल्लामा १०१ बालबालिका र १३१ महिला हराएका, २० बलात्कार, ३ बलात्कार प्रयास, ४ बाल यौन दुव्र्यवहार, ११७ घरेलु हिंसा तथा ४ जघन्य महिला हत्या का घटना प्रहरीमा दर्ता भएको उल्लेख समेत गरेका छन् ।

उक्त ज्ञापनपत्रमा बलात्कार, हत्या र यौनजन्य हिंसाका अपराधीलाई तत्काल पक्राउ गरी अधिकतम कानुनी सजाय सुनिश्चित गर्न, बालबालिका पीडित भएका घटनामा निष्पक्ष, वैज्ञानिक र समयबद्ध अनुसन्धान गर्न माग गरिएको छ ।

यस्तै प्रमाण लुकाउने वा अपराधीलाई संरक्षण गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउन पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ । महिला तथा बालबालिका हराउने घटनाको खोजतलास, उद्धार र पुनःस्थापनाका लागि प्रभावकारी संयन्त्र निर्माण गर्न, प्रत्येक जिल्लामा पीडित संरक्षण, मनोसामाजिक परामर्श र कानुनी सहायता सेवा सुदृढ गर्न, अनुसन्धानमा ढिलासुस्ती वा लापरबाही गर्ने अधिकारीमाथि कारबाहीको व्यवस्था गर्न, विद्यालय, क्याम्पस र समुदायमा बाल संरक्षण तथा लैंगिक हिंसा न्यूनीकरणका व्यापक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न समेत उक्त ज्ञापनपत्रमा माग गरिएको छ ।

ज्ञापनपत्रमा “न्यायमा ढिलाइ हुनु भनेको न्यायबाट वञ्चित हुनु हो” भन्ने सिद्धान्तलाई आत्मसात् गर्दै महिला तथा बालबालिकाले शीघ्र, निष्पक्ष र प्रभावकारी न्याय पाउने व्यवस्था गर्न सरकारसँग आग्रह गरिएको छ ।

ज्ञापनपत्रमा अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष कुमारी शान्ता पाख्रिन, नेपाल महिला संघकी गंगा दाहाल, अनेमसंघकी तुलसा देवकोटा, अखिल नेपाल महिला संगठनकी सविता कोईराला, महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष बिमला पाण्डे, क्रियाशील पत्रकार महिलाकी अध्यक्ष राधिका बुढाथोकी, महिला अधिकारका राष्ट्रिय अभियानकी उषा स्याङतान तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधि मन्दिरा घिमिरेले हस्ताक्षर गरेका छन् ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

अफ्रिकन स्वाइन फिभर : गाउँपालिकाले भन्यो उच्च सतर्कता अपनाउनुस्

Next Post

सांसदको मानहानीको उजुरीपछि पत्रकार श्रेष्ठमाथि धरपकड

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied